सिरहाको विष्णपुर गाउँपालिक वडा नम्बर १ बस्ने ४० वर्षीय कोरोना संक्रमित पुरुषको कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ ।४० वर्षीय पुरुषको ज्वरो, खोकी र श्वास–प्रश्वाससम्बन्धी समस्या भएपछि उपचारको बुधवार रातीे २ बजे विराटनगर स्थित रहेको कोशी अस्तालमा आइसोलेसनमा भर्ना गरिएको थियो।
स्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । यो सामाचार तयार पर्दा सम्म सिरहामा कुल संक्रमित २ सय ७० जना , मृत्यु भएको २ जना अर्को एक जनाको भने साउन २२ गते बिहीवार गोलबजार नगरपालिका वडा नम्बर १२ वस्ने २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको थियो । निको भएको १ सय ९२ जना रहेको छ ।
Discussion about this post