जनकपुर।धनुषाको जनकपुरधाममा फेरि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नं. ८ का ६० वर्षिय पुरुषको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भटराईले जानकारी दिए ।
कोभिड–१९ संयोजक डा. जामुनका अनुसार ती संक्रमित क्षयरोग र निमोनियाबाट पनि पीडित थियो ।उनको ट्राभल हिस्ट्री भने खुल्न वाँकी रहेको उनको भनाई छ । शव व्यवस्थापनपछि कन्टयाक्ट ट्रेसिंग समेत थालिने उनले बताए ।यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।
Discussion about this post