जनकपुरधाम। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाममा जारी गरिएको निषेधाज्ञा एकहप्ता थप्ने निर्णय गरेको हो ।आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार साउन ३२ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गर्ने निर्णय भएको प्रजिअ भट्टराईले बताए ।
कोरोना संक्रमण फैलिदै गएपछि निषेधाज्ञा एहप्ता थपिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बैंक तथा वितीय संस्थाहरु सिफ्ट बमोजिम खोल्ने, यात्रु निवासलाई क्वारेन्टाइन बनाउने र आइशोलेशन अझै थप्ने निर्णय पनि भएको छ ।
उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर बजारसम्मको क्षेत्रमा निषेधाज्ञा जारी रहनेछ ।उनले निषेधाज्ञा जारी हुँदा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको बताए ।
यसअघि सोमबार राति १२ बजेसम्मका लागि कायम रहेको निषेधाज्ञाको समय साउन ३२ गतेसम्मलाई बढाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
Discussion about this post