शुभ नारायण यादव,सप्तरी । सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा अाज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
थपिएका ७ मध्ये २ जना गत शुक्रबार कोरोना भाइरसबाट मृत्यु भएका सप्तरी राजविराजका एक वृद्धको परिवारपछि पसलमा काम गर्ने व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले मृतकको पसलमा काम गर्ने दुई जना व्यक्तिमा संक्रमण देखिएको जानकारी दिनुभयाे ।
‘उहाँको ग्यास र खाद्यबीच भण्डारको पसल छ। हामीले मृतकको पसलमा काम गर्ने चार जना कामदारसहित १६ जनाको परीक्षण गर्न पठाएका थियौं। जसमा दुई जना कामदारमा पोजेटिभ देखियो,’ उहाले भन्नुभयाे बाँकी १४ जनाको भने नतिजा नेगेटिभ देखिएको बताउनुभयाे ।
Discussion about this post