सिराहा ।सिरहामा लागुऔषध सहित सिरहाको बरियारपट्टी गाउँपालिका-२ श्रीपुरका २० वर्षीय चन्दन कुमार यादव पक्राउ परेेेका छन् ।सिरहाको बरियारपट्टी गाउँपालिका-३ बरियारपट्टी बजार स्थितमा इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको सादा पोशाकको प्रहरी टोलिले आइतबार शंका लागि पैदल यात्रीलाई यादवलाई चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।पक्राउ परेका यादवको साथबाट लागुऔषध अल्प्राजोल्याम ट्याबलेट १८०० पिस (३० पत्ता) र पेन्टाजोसाईन २७१ एम्पुल बरामद भएको उनले बताए ।उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post