जनकपुर ।नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले जनकपुरमा प्रदर्शन गरेको छ ।मंगलवारको विरोध जुलुसमा समाजवादी पार्टीका सचेतक उमाशंकर अडगरिया सहित प्रदेश २ सरकारका मन्त्रीहरु देखि केन्द्रिय देखि स्थानिय तह सम्मका नेता कार्यक्रताहरुको बोक्लो सहभागिता थियो । जनकचौकवाट सुरु भएको जुलुस जानकी मन्दिर, भानुचौक हुदै पुनः जनकचौकमा आएर कोणसभामा परिणत भएको थियो ।
विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने र विदेशी ज्वाइँलाई नागरिकता नदिने प्रावधान विरुद्ध प्रदर्शन गरिएको जसपाले जनाएको छ । प्रदर्शनका क्रममा उनीहरुले जातीय विभेद अन्त्य गर्नुपर्ने, नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेज गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार जसपाले प्रत्येक जिल्लाको सदरमुकाममा विरोध प्रदर्शन गरेको जनाएको छ ।जसपाले प्रदेश २ को जनकपुरधाम सहित सप्तरीको राजविराज, सिरहाको लहान र सिरहा, महोतरीको जलेश्वर, सर्लाहीको मंलगवा, रौतहटको गौर, बाराको कलैया र बिरगंजमा एकै साथ प्रदर्शन गरेको छ । सप्तरीमा देखि पर्सा सम्म केन्द्रीय नेताहरुको नेतृत्वमा प्रदेश सरकारका मन्त्रीहरुको समेत सहभागितामा विरोध प्रदर्शन गरिएको छ ।
सोही विषयलाई लिएर जसपाले आज काठमाडौंमा पनि प्रदर्शन गरेको छ ।
Discussion about this post