महेश सिंह,सिराहा।धनुषाकाे सबैला नगरपालिकामा केहि दिन अगाडि ईलाका प्रहरी कार्यालय सबैलामा शम्भु सदालाई हत्या गरि मृत शरिरलाई सौचालयमा झुन्डियाएको आशंका रहेको अवस्थामा सब फेला परेकाे छ । सिंगाे मधेसका दलितहरू प्रति निन्दनीय घटना र दलितप्रति जघनिन्य अपराध भएको छ । २ नम्बर प्रदेश मा दलित अान्दोलन शसक्त रुपले भई रहेको छ । दलित भएकै कारणले शम्भु सदाकाे लासमाथि खेलबाड भएको समाज सेबि संजय महराको आरोप रहेको छ महरा दलित जागरण केन्द्र नेपाल गोलबजारको सचिब समेत रहनु भएको हो ।
। असार २ गते राज्यका निकाय जिल्ला प्रशासन कार्यालय धनुषामा भएको हत्याकाे सम्झौताले सिंगाे दलित अान्दोलन लाई र मृतक परिवारलाई धाेखेवाज भएको छ । ३ तीन बुंदे सम्झौतामा नत हत्यारालाई कारवाहि हुने सुनिश्चित छ र ने.क.पा.काे सरकार र प्रदेश नम्बर २ काे सरकारसंग विश्वत हुने खाले अाधार नत शम्भु सदाकाे अात्माकाे चिरशान्ति पाउनेछ । केही जनालाई शम्भु सदाकाे लासमाथि टेकेर दलित नेता भनाउने र अान्दोलनकाे ब्यक्तीगत लाभहुने तिर लागेकाे ३ बुंदे सम्झौता ले प्रस्ट पारेकाे देखिन्छ । दलित अान्दोलन जारी छ शम्भु सदाले न्याय नपाए सम्म सिरहालगायत जिल्लाहरूमा आन्दोलन उग्ररूप लिन्छ दलित अगुवाहरुले सरकारलाई चेतावनी दिएको छ ।
Discussion about this post