एजेन्सी। पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउण्डर शाहिद अफ्रिदीलाई कोरोना संक्रमण देखिएको छ । ४० वर्षीय अफ्रिदीले शुक्रवार सामाजिक सञ्जाल ट्विटरमा आफूलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् ।उनले ट्विटमा लेखेका छन्, ‘गत बिहीबारदेखि मेरो स्वास्थस्थिति राम्रो थिएन । शरिर नराम्ररी दुखेको थियो । परीक्षण गर्दा दुर्भाग्यवश कोभिड पोजेटिभ देखियो । शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना जरुरी छ ।’
अफ्रिदी कोभिड पोजेटिभ देखिने पाकिस्तानका दोस्रा क्रिकेटर हुन् । यसअघि पाकिस्तानका पूर्वओपनर तफिक उमरलाई पनि कोभिड पोजेटिभ देखिएको थियो । उनलाई अहिले निको भइसकेका छन् ।
Discussion about this post