आज बि.सं.२०७७ साल जेष्ठ ३० गते शुक्रबार ई. सं. २०२० जुन १२, नेपाल सम्बत ११४० तछलागा सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार कृष्ण सप्तमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, विषकुम्भ योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः८ बजे, सूर्यास्त साँझ ६ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजे ५२ मिनेट देखि १० बजेर २० मिनेट सम्म छ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछ। व्यापार व्यावसाय बाट राम्रो फाइदा हुनेछ।गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मल्याङ्कन हुनेछ ।माया प्रेममा सामिप्यता बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरिको योग रहेको छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन तपाई इज्जत र प्रतिष्ठा कमाउने दिन रहेको छ । कुनै काम गर्दा काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापार व्यावसाय बाट मनग्य फाइदा हुनेछ।प्रेममा रमाउन चाहानेहरुका लागि समय उत्तम रहेको छ । आत्मविस्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज अनावश्यक कुराकानीमा समय बित्न सक्छ । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। व्यापार व्यावसाय ठिकठिकै रहनेछ । उता आफूपछाडि कुरा काट्नेहरु सक्रिय हुनेछ। शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामका लागि केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । कसैले आश्वासनमा भर नपर्नु राम्रो रहने छ। सवारीसाधन चलाउदा सजग रहनु बेस रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुशीले उचाई नाघ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । साथीभाइले सकेको मद्दत गर्नेछन । कामको चाप बढ्ने छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यवसायमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्तका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् ।भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यवसाय फस्टाएर जानेछ ।भौतिक सम्पत्ती तथा धातु संग्रह गर्न सकिनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन । आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन । तर ध्यान पुर्याउन सकेमा विगतको श्रमबाट भने लाभ हुनेछ । मान–सम्मानमा गिरावट आउने छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सोचेको काम बनाउन समय र धन दुबै पक्षमा अनावश्यक खर्च बढ्न सक्छ । व्यवसायमा थप लगानी बढाउन उपयुक्त समय छैन । लामो दूरीको यात्रा र वैदेशिक कामकाजमा पनि भनेजस्तो फाइदा लिन सकिंदैन, धेरै टाढा जानु हुँदैन, झमेला आउन सक्छ । मन आलस्य, डर र चिन्ताले जरो गाड्ने छ ।
आजको दिन सबैको शुभ रहोस।
Discussion about this post