nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम–अयोध्याबीच सिधा रेल सेवा सञ्चालन हुँदै, उद्घाटन विशेष रेल सोमबार चल्ने

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ६, २०८३, ७:१६ मध्यान्ह
जनकपुरधाम–अयोध्याबीच सिधा रेल सेवा सञ्चालन हुँदै, उद्घाटन विशेष रेल सोमबार चल्ने

जनकपुरधाम/मंसिर ६ गते। । नेपालको जनकपुरधाम र भारतको अयोध्याधामबीच सिधा रेल सेवा सञ्चालन हुने भएको छ । भारतीय रेल मन्त्रालयले जनकपुरधाम–अयोध्या क्यान्ट–जनकपुरधाम साप्ताहिक एक्सप्रेस रेल सञ्चालनका लागि स्वीकृति दिएसँगै दुई धार्मिक नगरीबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुन लागेको हो ।

नियमित रेल सेवा सुरु हुनुअघि सोमबार उद्घाटन विशेष रेल सञ्चालन गरिने भएको छ । रेल नम्बर ०४२९५/०४२९६ रहेको उक्त विशेष रेलमा १७ वटा डिब्बा रहनेछन् । यात्रुको सुविधाका लागि रेलमा सामान्य र वातानुकूलित दुवै श्रेणीका डिब्बा राखिएको छ ।

निर्धारित समयतालिकाअनुसार सोमबार दिउँसो १२:३० बजे भारतको अयोध्याधामबाट जनकपुरधामका लागि रेल प्रस्थान गर्नेछ । विभिन्न स्टेसनमा रोकिँदै उक्त रेल मंगलबार बिहान नेपाली समयअनुसार १० बजे जनकपुरधाम आइपुग्नेछ ।

त्यसैगरी, जनकपुरधामबाट मंगलबार दिउँसो १ बजे अयोध्याधामका लागि रेल छुट्नेछ । उक्त रेल बुधबार बिहान ८:१० बजे अयोध्याधाम पुग्ने समयतालिका तय गरिएको छ ।

अयोध्याधामबाट जनकपुरधाम आउने क्रममा रेल मनकापुर, बस्ती, गोरखपुर, पनियहवा, नरकटियागन्ज, रक्सौल, सीतामढी, शिशो हल्ट, मधुबनी र जयनगर कस्टम्स यार्ड हुँदै सञ्चालन हुनेछ । फर्कने क्रममा पनि रेल यही मार्ग प्रयोग गरी अयोध्या पुग्नेछ ।

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने जयनगर कस्टम्स यार्डमा भन्सारलगायत आवश्यक प्रक्रिया पूरा गर्न रेल करिब एक घण्टा रोकिने व्यवस्था गरिएको छ ।

यद्यपि, उद्घाटन विशेष रेलको समयतालिका सार्वजनिक भए पनि नियमित साप्ताहिक रेल सेवा कुन बार सञ्चालन हुने भन्नेबारे पूर्व मध्य रेलवेले विस्तृत विवरण सार्वजनिक गर्न बाँकी रहेको छ ।

धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने जनकपुरधाम माता सीताको जन्मभूमि र अयोध्या भगवान् श्रीरामको जन्मभूमिका रूपमा परिचित छन् । यी दुई धार्मिक नगरीबीच प्राचीनकालदेखि नै धार्मिक, सांस्कृतिक तथा पौराणिक सम्बन्ध रहँदै आएको छ ।

सिधा रेल सेवा सञ्चालनमा आएपछि रामजानकी दर्शनका लागि नेपाल तथा भारतबाट आउने तीर्थयात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । साथै, यसले नेपाल–भारतबीचको धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्बन्ध विस्तार र दुई देशका नागरिकबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comअन्तराष्ट्रियसमाचार

Discussion about this post

Related Posts

४० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई युवक पक्राउ

४० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई युवक पक्राउ

जनकपुरधाममा आज विवाहपञ्चमी महोत्सव, प्रदेश २ मा सार्वजनिक बिदा

मंसिर २३ देखि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव, यस्तो छ कार्यक्रम तालिका

मैथिली भाषा र संस्कृतिको संरक्षणको सन्देश दिँदै जनकपुरधाममा विद्यापति स्मृति पर्व

मैथिली भाषा र संस्कृतिको संरक्षणको सन्देश दिँदै जनकपुरधाममा विद्यापति स्मृति पर्व

राइजिङ स्टार्स एसिया कपमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

राइजिङ स्टार्स एसिया कपमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

धनुषाधाममा कटुवा पेस्तोलसहित एक महिला पक्राउ

धनुषाधाममा कटुवा पेस्तोलसहित एक महिला पक्राउ

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि