nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपालमा कोरोना संक्रमीत तीन हजार नाघ्यो,आज मात्रै थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २४, २०७७, ६:५८ मध्यान्ह
नेपालमा आज  थप २२६ जनामा संक्रमण पुष्टि ,संक्रमीत को संख्या १७९८ पुग्यो

काठमाडौ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२३५ भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू ३१ र ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरुष रहेका छन् ।यस्तै, भक्तपुर कमल विनायककी ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीका थप ३५ जनामा संक्रमण पुष्टि भएको छ । गौलाशा, जलेश्वरलगायतका स्थानीय तहको क्वारेन्टिन रहेका उनीहरूमध्ये एक २२ वर्षीया महिला हुन् भने अरू सबै पुरुष हुन् । यस्तै, सर्लाहीमा २७ जना संक्रमित थपिएका छन् । रामनगर र ईश्वरपुरका उनीहरू १६ देखि ३८ वर्षका उमेरका पुरुष हुन् ।

धनुषाको देउपुरा क्वारेन्टिनमा रहेका आठ जना र रौतहटको इशनाथ नगरपालिकाको क्वारेन्टिनमा रहेका छ जनामा पनि कारोना संक्रमण पुष्टि भएको छ । सप्तरीका ८ जनामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये ७ जना बालन बिहुलका हुन् । संक्रमित हुनेमा २ वर्षका एक बालक र बालिका समेत छन् । अर्का सक्रमित बोदे बसाइनका ५० वर्षीय पुरुष हुन् ।

सुनसरीमा ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा भोक्राहका २४ र ३५ वर्षका पुरुष तथा ३८ र ४५ वर्षकी महिला छन् । अर्का धरानका ३० वर्षीय पुरुष हुन् । यस्तै, मोरङको सुनवर्षी नगरपालिका र बुढीगंगा गाउँपालिकाका १८ र २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । स्याङ्जामा १०, कास्की र नवलपरासी बर्दघाट सुस्तापूर्व ३–३ जना तथा बागलुङमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तुमा ५० जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये ३९ जना महाराजगञ्ज नगरपालिकाका छन् । संक्रमित हुनेमा ६ महिनाकी बालिका र ४ वर्षका बालक पनि छन् ।यस्तै, विजयनगरको क्वारेन्टिनमा रहेका ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दियाका २८ जनामा पनि संक्रमण पुष्टि भएको छ । राजापुर, मधुवन, गुलरिया, बदैयाताललगायतका स्थानीय तहको क्वारेन्टिनमा रहेका संक्रमितमध्ये एक २५ वर्षीया महिला छन् भने अरू १५ देखि ६० वर्षका पुरुष छन् ।
यस्तै, बाँकेका १२ जनामा संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज, वैजनाथ र खजुराका उनीहरूमध्ये दुई जना २३ र ४१ वर्षका महिला र अरू सबै पुरुष हुन् ।नवलपरासीका दुई जना, रुपन्देहीमा ३ जना र अर्घाखाँचीमा एक जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

कर्णाली प्रदेशमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये ४७ जना दैलेखका छन् । महाबु गाउँपालिकाका ४३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा ५ र १८ महिनाका शिशु समेत छन् । यस्तै ४ जना दुल्लुका हुन् ।सल्यानको बनगाढ कुपिण्डेका ३८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमध्ये २१ वर्षकी दुई महिला छन् भने अरू सबै पुरुष हुन् ।
यस्तै, सुर्खेतका नौ जना, जाजरकोटका चार जना र डोल्पाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

बझाङको खप्तडाछान्ना गाउँपालिका–३ को क्वारेन्टिनमा बसेकाहरू ६ जनामा पुष्टि भएको छ। यस्तै, कञ्चनपुर महाकालीका ३८ वर्षीय पुरुष, काठमाडौं घर भई कञ्चनपुरमा रहेका १८ र ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै, कैलालीको धनगढी र गोदावरी ४१ र ५५ वर्षीय पुरुष, अछाम मंगलसेनको क्वारेन्टिनमा रहेकी ५२ वर्षीया महिला र डडेलधुराको नवदूर्गा क्वारेन्टिनमा रहेका २१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ । उनीहरूमध्ये १३ जनाको मृत्यु भएको छ भने ३६५ जना कोरोनामुक्त भएका छन् ।

Tags: कोरोना संक्रमण

Discussion about this post

Related Posts

मधेसमा एचआइभी संक्रमण बढ्दो, परीक्षण कम हुँदा पनि पोजिटिभ दर स्थिर

मधेसमा एचआइभी संक्रमण बढ्दो, परीक्षण कम हुँदा पनि पोजिटिभ दर स्थिर

सिरहामा एक बालक दुई दिनदेखि बेपत्ता, खोजीकार्य जारी

सिरहामा एक बालक दुई दिनदेखि बेपत्ता, खोजीकार्य जारी

कामदार पठाउने संस्थाहरुलाई श्रम संसार एपमा जोडिन विभागको निर्देशन

कामदार पठाउने संस्थाहरुलाई श्रम संसार एपमा जोडिन विभागको निर्देशन

मालपोत र नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घुस लिएको अभियोगमा कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन

मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

मानव शरीरमा १०७ मर्मस्थान, जहाँ आघात पुगे ‘निधन हुनसक्छ’

संघीय दरबन्दी सूचीपछि स्वास्थ्य क्षेत्रमा तरंग, प्रदेश र पालिकातर्फ बढ्यो चासो

७ दिने भर्चुअल ग्राफिक्स डिजाइनिङ तालिम सफलतापूर्वक सम्पन्न

७ दिने भर्चुअल ग्राफिक्स डिजाइनिङ तालिम सफलतापूर्वक सम्पन्न

सरकारविरुद्ध धनुषामा सुकुमवासीहरूको विरोध प्रदर्शन

सरकारविरुद्ध धनुषामा सुकुमवासीहरूको विरोध प्रदर्शन

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!