जनकपुर।प्रदेश २ मा पछिल्लो २४ घण्टामा ८३ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।यो संगै प्रदेश २ मा कूल संक्रमितको संख्या एक हजार ६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा सप्तरीमा ७, धनुषामा ८, महोत्तरीमा ३५, रौतहटमा ६ र सर्लाहीमा २७ जनामा संक्रमण पुष्टि नियमित मिडिया ब्रिफिङमा सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन ।
उनका अनुसार सप्तरीको बलान बिहुल गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ७ जना, धनुषाको देवपुरा रुपैठास्थित क्वारेन्टाइनमा ६ जना, महोत्तरीको जलेश्वर क्वारेन्टाइनमा १७, मटिहानीमा ७, एकडारामा ६, ३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी सर्लाहीको रामनगर गाउँपालिकामा १६, मलंगवा नगरपालिकामा ८, इशरनाथ नगरपालिकामा ३ जना, रौतहटको इशनाथ नगरपालिकाका क्वारेन्टाइनमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।उपचार पश्चात एक सय ५९ जना निको भई फर्किसकेका छन । शनिवार मात्रै ३६ जना डिस्चार्ज भएको छ ।
धनुषाको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालमा १० जना, लक्ष्मिनिया गाउँपालिका स्थित सिटीईभीटी पोलिटेक्निक इन्स्च्यिुटको आइसोलेशनमा ७३, सप्तरीको राजविराज स्थित अस्पतालमा ६८, सिरहाको कोभिड अस्पतालमा २२, महेन्द्र गेनाई अस्पतालमा २६, सर्लाहीको मलंगवा स्थित अस्पतालमा ८२, कविलासीमा ३६ जनाको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।
त्यसैगरी महोत्तरीको जलेश्वर स्थित अस्पतालमा ३७, बाराको कलैया अस्पतालमा ३३, पर्साको गण्डक अस्पतालमा २९ र रौतहटको चन्द्रनिगाहपुरमा २५, गौरमा ३५, राजपुर फरहदवामा २५, देवाही गोनाहीमा ८४ र गरुडा स्थित अस्पतालमा ७६ जनाको कोरोना संक्रमितको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।
प्रदेशमा हालसम्म २१ हजार १६ जनाको पीसीआर परिक्षण गरिएकोमा १ हजार ६६ जनाको पोजेटिभ र ११ हजार २ सयको निगेटिभ रिपोर्ट आएको छ भने ८ हजार ७ सय ५० को रिपोर्ट आउन बाँकी रहेको छ ।
Discussion about this post