nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

८ दिन अघि मृत्यु भएका बाराका एक व्यक्तिमा कोरोना पोजिटिभ

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १२, २०७७, २:३८ मध्यान्ह
८ दिन अघि मृत्यु भएका बाराका एक व्यक्तिमा कोरोना पोजिटिभ

वीरगन्ज : वीरगन्जमा ८ दिनअघि मृत्यु भइसकेका एक व्यक्तिमा कोरोना भाइरस स‌ंक्रमण देखिएको पुष्टि भएको छ । गत जेठ ४ गते वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रमममा मृत्यु भएका एक व्यक्तिको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो । उनको दाहसंस्कार समेत गरिसकिएको छ ।

ती वृद्धको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाए । उपचारको क्रममा वृद्धको मृत्यु भइसकेको जानकारी नेसनल मेडिकल कलेजले आफूलाई जानकारी नगराएको डा. उपाध्यायले बताए । ‘शंकास्पद देखिएपछि स्वाब लिइएको व्यक्तिको मृत्यु भएको जानकारी हामीलाई गराइएको छैन,’ कान्तिपुरसँग फोनमा डा.उपाध्यायले भने, ‘रिपोर्ट नेगेटिभ नआउन्जेलसम्म प्रत्येक शंकास्पद व्यक्तिलाई हामीले पोजिटिभ नै मानेर व्यवहार गर्नुपर्ने हुन्छ । स्वाब परीक्षणको नतिजा नआइन्जेल शव दिनु हुँदैन्थ्यो ।’

जेठ २ गते करिब साढे एक बजेको समयमा ती वृद्ध मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना भएका थिए । श्वासप्रश्वास, निमोनिया, क्षयरोगलगायतले ग्रस्त भएका ती वृद्ध सिकिस्त भएपछि चिकित्सकले उनलाई आईसीयूमा भर्ना गरे ।

श्वासप्रश्वास र निमोनिया भएकाले नारायणी अस्पतालबाट भीटीएम मगाएर उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । उपचारकै क्रममा दुई दिनपछि जेठ ४ मा ती वृद्धको मृत्यु भयो । तर, मेडिकल कलेजले ती वृद्धको स्वाब परीक्षण नतिजा नआउँदै शव परिवारको जिम्मा लगाएको थियो ।

नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक बसरुद्दीन अन्सारीले जेठ २ मा संकलन गरी परीक्षणका लागि पठाइएको स्वाबको नतिजा १० दिनपछि आएको बताए । ‘ती वृद्ध एकदम सिकिस्त थिए, अस्पतालमा आउनेबित्तिकै भेन्टिलेटरमा राखिएको थियो,’ कान्तिपुरसँग फोनमा उनले भने, ‘जेठ ४ मा उनको मृत्यु भयो, यत्रो दिन शव कहाँ राख्ने ?’ नारायणी अस्पतालकै प्रयोगशालामा स्वाबको रिपोर्ट शंकास्पद आएको जानकारी पाएको भए आफूहरुले शव परिवारको जिम्मा नलगाउने उनले बताए । स्रोतका अनुसार नारायणी अस्पतालबाट ती वृद्धको स्वाब परीक्षणमा शंकास्पद नतिजा देखिएको खबर आउनुअघि नै शव परिवारको जिम्मा लगाइसकिएको थियो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायका अनुसार २ गते मेडिकल कलेजबाट आएको ती वृद्धको स्वाब जेठ ४ गते नारायणीको प्रयोगशालामा परीक्षण गरिएको थियो । ‘त्यसदिन रिपोर्ट शंकास्पद आएपछि दोस्रो पटक जेठ ५ मा पनि परीक्षण गरिएका थियो,’ उपाध्यायले भने, ‘दुई पटकको परीक्षणमा रिपोर्ट शंकास्पद आएपछि त्यसलाई रि–कन्फर्म गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएका थियौं ।

’ उनका अनुसार टेकुको प्रयोगशलामा समेत उक्त स्वाब दुई पटक परीक्षण गरिएको थियो । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा दुई पटकको परीक्षणमा उक्त स्वाब कोभिड–१९ पोजिटिभ पुष्टि भएको जानकारी आएको छ,’ डा. उपाध्यायले भने ।

Tags: कोरोना

Discussion about this post

Related Posts

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!