nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कृषिमा अनुदान नै अनुदान

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ७, २०७७, १:५४ मध्यान्ह
कृषिमा अनुदान नै अनुदान

घोराही : गत साता दाङको दंगिशरण गाउँपालिकाले करीब पाँच सय किसानलाई धानको बीउ वितरण ग¥यो । कोरोना महामारीमा विपन्नलाई चामल र किसानलाई राहतस्वरुप शतप्रतिशत अनुदानमा धानको बीउ वितरण गरिएको हो । प्रतिकठ्ठा दुई केजीका दरले पाँच हजार दुई सय केजी धानको बीउ राहतस्वरुप ६ वटै वडाका किसानलाई उपलब्ध गराइएको पालिकाका प्रमुख भागिराम चौधरीले बताउनुभयो । तुलसीपुर उपमहानगरले पनि करीब पाँच सय किसानलाई मकैको बीउ वितरण गरेको छ । जिल्लाका प्रायजसो पालिकाले कृषिमा छुट्याएको बजेट कृषकलाई अनुदान दिनमै खर्च गरेका छन् । दश पालिकाले रु ३० लाखदेखि एक करोडसम्मको बजेट कृषि अनुदानमा खर्च गरेको पाइएको छ ।

छ स्थानमा मुख्यमन्त्री स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा छन् । त्यसमध्ये चार गाउँमा कृषि र दुई गाउँ पशु उत्पादनलाई जोडेर स्मार्ट कृषि गाउँ घोषणा गरिएको छ । गत आर्थिक वर्षदेखि शुरु भएको स्मार्ट कृषि गाउँ कार्यक्रममा प्रदेश सरकारले प्रतिगाउँ रु ५० लाखका दरले अनुदान उपलब्ध गराएको थियो । चालु आर्थिक वर्षमा भने प्रतिगाउँ रु ३७ लाखका दरले अनुदान रकम उपलब्ध गराइएको छ । कृषि ज्ञान केन्द्रका अनुसार चालु आवमा दाङका छ र प्युठानका दुई गाउँमा स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत तरकारी र कागती खेती तथा माछा र बाख्रापालन कार्यक्रम भइरहेको छ । प्रदेश सरकारको उक्त बजेटमा सरकारले ५० र स्थानीय उपभोक्ता वा सहकारीले ५० प्रतिशत लगानी गर्नुपर्ने कार्यविधि छ ।

यसबाट कृषकले सिँचाइ सामग्री, औजार, बीउ र मल खरीदमा रकम खर्च गर्न पाउनेछन् । जिल्लामा सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट, ब्लकजोन र सुपरजोनका कार्यक्रम सञ्चालन भएका छन् । पकेटमा ५० प्रतिशतका दरले रु १४ लाख, ब्लकमा रु ४० लाख अनुदान रकम उपलब्ध गराइएको छ । तोरी र मौरीको छुट्टै कार्यालय स्थापना गरेर जोन कार्यक्रम र मकैको सुपरजोन कार्यक्रम सञ्चालनमा छन् । ती कार्यक्रममा कृषकहरुलाई ५० देखि ८० प्रतिशतसम्म अनुदानका रकम उपलब्ध गराइएको छ ।

जिल्लाका करीब दुुई दर्जन स्थानमा कृषि पकेटका लागि सम्झौता भइसकेको कृषि ज्ञान केन्द्रका प्रचारप्रसार अधिकृत भरत पोखरेलले जानकारी दिनुभयो । पकेट र ब्लक कार्यक्रममा बेसार, अदुवा, पिँडालु, तरकारी, मौरी, च्याउ, प्याज, लसुन र दलहन उत्पादनको कार्यक्रम चलिरहेको उहाँले बताउनुभयो । अधिकृत पोखरेलका अनुसार परियोजनाकै कार्यक्रमअन्तर्गत जिल्लाको पहाडी क्षेत्रमा पर्ने बंगलाचुली गाउँपालिकामा करीब एक सय हेक्टर जमीनमा सुन्तला खेतीको तयारी थालिएको छ जहाँ किसानलाई लागतको ५० प्रतिशत अनुदान उपलब्ध गराउने कार्यक्रम छ । किसानकै लागि प्रदेश सरकारले सञ्चालनमा ल्याएको कृषि विकास कार्यक्रममा करीब ६० किसानलाई रु एक लाखका दरले तेलहन, दलहन, तरकारी प्रवद्र्धनलगायत उत्पादनमा अनुदान दिने तयारी छ । कतिपय किसानसँग अनुदानका लागि सम्झौतासमेत भइसकेको ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रले नै सञ्चालनमा ल्याएको नवीनतम प्रविधिमा सिँचाइ कार्यक्रममा सोलार पम्प, ढिकी पम्प, थोपा सिंचाइ, कुुलेसो निर्माणलगायत काममा अनुदानका लागि सरकारले रु ५० लाख ज्ञान केन्द्रलाई उपलब्ध गराएको छ । प्रतिकिसान वा प्रतिसहकारीलाई माग भएमा रु दुुई लाख ५० हजारका दरले रकम दिइने ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिनुभयो । यस्तै सङ्घीय सरकारले लसुनप्याज मिशन कार्यक्रमअन्तर्गत जिल्लामा रु ५० लाख अनुदान छुट्याएको छ । सिँचाइसँगै फलफूल बिरुवा रोपण कार्यक्रमका लागि रु ९९ लाख बजेट वितरणको तयारी ज्ञान केन्द्रले गरेको छ । जिल्लामा सञ्चालनमा रहेको अर्को मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा पनि यस वर्ष किसानका लागि घुइया(पिँडालु), अदुवा र कागती खेती, बाख्रापालनलगायत कार्यक्रममा अनुदान रकम उपलब्ध गराइएको जिल्ला सहजकर्ता टीका बस्नेतले जानकारी दिनुभयो ।

Discussion about this post

Related Posts

भूमिहीनका लागि जमिन माग्दै तीनकुनेमा प्रदर्शन

भूमिहीनका लागि जमिन माग्दै तीनकुनेमा प्रदर्शन

मनसुन प्रतिकूल हुँदा,मधेस प्रदेशमा धान रोपाइँ प्रभावित जसले गर्दा उत्पादन घट्ने चिन्ता

मनसुन प्रतिकूल हुँदा,मधेस प्रदेशमा धान रोपाइँ प्रभावित जसले गर्दा उत्पादन घट्ने चिन्ता

धनुषाधाम वनस्पति उद्यानमा २६ ओै वनस्पति दिवस

धनुषाधाम वनस्पति उद्यानमा २६ ओै वनस्पति दिवस

धनुषा : सिचाईका लागि सीतापुर खाेरियामा ट्युवेल शिलान्यास

धनुषा : सिचाईका लागि सीतापुर खाेरियामा ट्युवेल शिलान्यास

सिरहामा रासायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो, मारमा किसान

सिरहाका गहुँखेती गर्न रासायनिक मल अभाव हुदा किसानले गहुँ छर्न पाएन

तीन दशकपछि सिरहाको तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुसी

तीन दशकपछि सिरहाको तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुसी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जद्वारा सरकारी मूल्यमा गहुँ खरिद शुरु

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, यो वर्षका लागि कति तोकियो ?

सिरहा : अनुदानको गेहुँवीउँमा बढी मुनाफा कमाउने आड्मा कर्मचारीको ब्रहम्लुट

सिरहा : अनुदानको गेहुँवीउँमा बढी मुनाफा कमाउने आड्मा कर्मचारीको ब्रहम्लुट

सिरहा सहित तराईमा धान भित्र्याउन किसानको चटारो

मधेसका ४३ प्रतिशत किसान परिवारलाई आफ्नै उत्पादनले पुग्दैन वर्षभरि खान

शुक्रबार साँझ परेको पानीले महोत्तरीमा राहत

शुक्रबार साँझ परेको पानीले महोत्तरीमा राहत

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!