जनकपुरधाम/श्रावण १५ गते।धनुषामा आँप बगैंचामा एकजना पुरुषको श व वेवारिशे अवस्थामा फेला परेको छ ।
धनुषाको मिथिला नगरपालिका-८ जमुनिवास नजिक बिहिबार साँझ अन्दाजी ५५ वर्षीय पुरुषको श ‘व फेला परेको हो ।
मृतकको दायाँ आँखाको ‘आँखी भौ’ नजिक सामान्य चोट देखिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवदीले जानकारी दिए ।
मृतकको पहिचान खुल्न नसकेका कारण सनाखत हुन सकेको छैन । मृतक पुरुषको श व पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरीक्षक सुवेदीले बताए ।





















Discussion about this post