nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १५, २०७८, १:३३ मध्यान्ह
कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने

जनकपुरधाम/श्रावण १५ गते।निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए । त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाए र विभागको आपतकालीन कोषबाट रु ५० लाख निकासा गरी नदीको कटान रोक्न निर्देशन दिनुभयो । तत्काल काम शुरु भयो तर निरन्तर कटान नरोकिएको खबर आएसँगै मन्त्री भुसालले बिहीबार स्थलगत निरीक्षण गरेकी छन् ।

मन्त्रालयका सिँचाइ सचिव मणिराम गेलाल र विभागका महानिर्देशक राजभण्डारीसहित धनुषाको सबैला नगरको ढोलबज्जा पुगेका मन्त्री भुसालले निरीक्षणपछि पहाडमा भूक्षय गएको र त्यहाँबाट बगेर आएको गेग्रान थुप्रिँदा जमिनको सतह माथि उठेको बताइन् । मन्त्री भुसालले तत्काल ‘अन द स्पट’ आपत्कालीनरूपमा कटान रोक्ने तर दीर्घकालीन समाधानका लागि सिन्धुली, धनुषा र सिरहा जिल्लालाई ध्यान दिएर गुरुयोजना बनाउने बताइन् ।

विसं २०१९ मा भारतीय सरकारको सहयोगमा बनाइएको तटबन्ध पछिल्ला वर्षमा कमला नदीले कटान गर्दा किरतपुरका जनता निदाउन पाउँदैनन् । किरतपुरमा २०० मिटरभन्दा बढी क्षेत्र नदीले कटान गरेको छ भने त्यसकै तल पठेर्वामा १५० मिटर क्षेत्र कटान गरेको छ । ती क्षेत्रमा आपत्कालीन कोषबाट बाँस तथा फलामका खम्बा गाडेर माटोका बोराले अस्थायी तटबन्ध बनाएर कमलाको कटान रोक्ने प्रयास भइरहेको छ ।

निरीक्षणकै क्रममा सरकारले मर्मतसम्भारका लागि बजेटसमेत काटेको भन्दै स्थानीयवासीले गुनासो गरेपछि मन्त्री भुसालले भनिन्, “पहिलो चरणमा मैले आपत्कालीन मर्मतका लागि रु ५० लाख पठाएको थिएँ, थप रु २० लाख पनि यो कटान नियन्त्रणका लागि निकासा गरेको छु ।” कमलाले  बर्सेनि दुःख दिने गरेकाले दीर्घकालीन समाधानका उपाय खोजिने उनले बताइन् । मन्त्री भुसालले भनिन्, “कटान नियन्त्रणका लागि टालटुल गरेर हुँदैन, सङ्घकै योजनामा राखेर दीर्घकालीन समाधान खोज्नुपर्छ ।” उनले प्राविधिक र वित्तीय दुवै तवरले कमलाको कटान रोक्न गुरुयोजना बनाएर नदीको वारिपारि राम्रो बाँध, करिडोर, वृक्षरोपण गर्र्ने सोच बनाइने बताइन् । नदी कटान रोकेर जमिन उकास हुने र त्यो जग्गा भूमिहीनलाई दिने उनको भनाइ छ ।

कटान निरीक्षणपछि ऊर्जा सचिव गेलालले भारतको सहयोगमा बनाइएको तटबन्ध निरन्तर कटानबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्रमार्फत भारतको सबन्धित निकायलाई जानकारी गराएको बताए । नदी कटान निरन्तर बढ्दै गए नेपालका मात्र होइन, भारतका बस्तीसमेत जोखिममा पर्नेछ । आव २०७४÷७५ सम्म कमला नदी नियन्त्रण आयोजनालाई भारतले सहयोग गर्दै आएको थियो । पछिल्लो समय आपत्कालीन कार्यका लागि बजेट नहुँदा सम्भावित क्षति न्यूनीकरण प्रभावित हुँदै आएको छ ।

आयोजनाका प्रमुख एकराज भट्टराईले कमला नदीको कटान नियन्त्रणका लागि आर्थिक स्रोत कमी भएको बताए । कटान नियन्त्रण प्रयासबारे जानकारी गराउँदै उनले १०० सुरक्षाकर्मीले तीन दिनसम्म काम गरेको र केही नियन्त्रण गर्न सफल भएको बताए । कटान नियन्त्रण जारी छ ।

निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य मातृकाप्रसाद यादवले विसं २०१९ मा भारतको सहयोगमा तटबन्ध निर्माण भएको र त्यसपछि कटान भए मात्र हेर्ने गरेकाले बर्सातको बाढीपछि समस्या हुँदै आएको बताए । उनले आपत्कालीन कोषबाट प्राप्त रु ७० लाखले तत्काल नियन्त्रण गर्ने र दीर्घकालीनरूपमा समाधान खोजिने बताए। लगातार क्षति बढ्दै गए नेपाल मात्र नभई भारतमा पनि असर पर्ने भएकाले त्यसबारे भारतलाई जानकारी गराइसकेको उनको भनाइ छ । सांसद यादवले दीर्घकालीन समस्या समाधान गर्न सकिए हजारौँ हेक्टर जमिन उकास हुने र आर्थिक क्षेत्रमा सहयोग पुग्ने बताए ।

यस वर्षको कटान सिरहातर्फ छाडेर धनुषातर्फ आएकाले आपत्कालीन काम भइरहेको जानकारी दिँदै विभागका महानिर्देशक राजभण्डारीले तीन किलोमिटर पक्का तटबन्ध बनाउनुपर्ने आवश्यक देखिएको बताए । मन्त्रीको निर्देशनानुसार दीर्घकालीन गुरुयोजना बनाएर अगाडि बढ्ने र तत्कालका लागि कटान रोक्न आवश्यक साधन, स्रोत उपलब्ध गराउने उनको भनाइ थियो ।

कमला नदीको प्रकृति अस्थिर भएकाले पनि समस्या हुँदै आएको छ । यद्यपि आयोजना प्रमुख भट्टराईका अनुसार गत आर्थिक वर्षमा कमला नदी नियन्त्रणका लागि गरिएका गतिविधिबाट सिन्धुली, धनुषा र सिरहाका एक लाख १५ हजार जनता लाभान्वित भएका छन् । सत्ताइस हजार ९५ हेक्टर जग्गा उकास भएको छ ।-रासस

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!