nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुवित्त कम्पनीलाई लाभांश वितरणमा कडाइ, जगेडा कोषमा हाल्नुपर्ने

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ११, २०७८, ११:०२ मध्यान्ह
राष्ट्र बैंकले निर्देशन स्थिर ब्याजदर असोजभित्र तोक्नुपर्नेपर्ने

काठमाडौ/साउन ११ गते।नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय वित्तीय संस्थाहरुलाई लाभांश वितरणमा कडाई गरेको छ । बैंकले सोमबार लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै लाभांश वितरणमा नियन्त्रण गरेको हो ।लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आज जारी गरेको नयाँ निर्देशिकाअनुसार लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरेको हो । नयाँ निर्देशिका अनुसार नगद वा लाभांश शेयर दिँदा २० प्रतिशतभन्दा बढी हुन नहुने गरी नयाँ व्यवस्था गरेको हो ।

निर्देशिकाअनुसार यदि  कुनै लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढि लाभांश दिन चाहेको खण्डमा त्योभन्दा बढी लाभांशको ५० प्रतिशत जगेडा कोषमा राख्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । यसअघि इजाजत प्राप्त संस्थाले आर्थिक वर्ष २०७७÷७८ मा खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था थियो ।

कोभिड–१९ महामारीका कारणले बैंकिङ सम्पत्तिको गुणस्तरमा परेको प्रभावलाई दृष्टिगत गरी समग्र वित्तीय स्थायीत्व प्रवद्र्धन गर्न असल वर्गमा वर्गीकरण भएका कर्जाको हकमा आव २०७७÷७८ को वार्षिक वित्तीय विवरण तयार गर्दादेखि साधारण कर्जा नोक्सानी व्यवस्था एक प्रतिशतको अतिरिक्त ०.३ प्रतिशत थप गरी कूल १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । केन्द्रीय बैंकले कोरोना महामारीको पुरुत्थानका लागि इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएका थप कर्जा निर्धारित अवधिमा भुक्तानी हुन नसकेको अवस्थामा पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरी भुक्तानी अवधि बढीमा एक वर्षसम्म थप गर्न सक्ने व्यवस्था गरेको छ ।

आव २०७७÷७८ को चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्ने अवधि साउन मसान्तसम्म कायम गरिएको छ । यसअघि हरेक त्रैमासको महिना सकिएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रतिवेदन प्रकाशन गरी केन्द्रीय बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था थियो । नयाँ निर्देशिका अनुसार अब साउन मसान्तसम्म त्यस्तो प्रतिवेदन प्रकाशन गर्न सकिने भएको छ ।

यसैगरी असार मसान्तभित्रमा असुल हुनुपर्ने ब्याज रकम आगामी भदौ १५ गतेभित्र प्राप्त भएमा त्यस्तो रकमलाई २०७८ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सक्ने थप व्यवस्था गरिएको छ । यसअघि आर्थिक वर्ष सकिएको १५ दिनभत्र प्राप्त भएको ब्याज रकम मात्रै त्यसरी लेखाङ्कन गर्न पाउने व्यवस्था थियो ।-रासस

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि