nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कमला–ढल्केबर–पथलैया सडकखण्डलाई चार लेन सडक बिस्तारको योजना

सजिलो पोस्ट सजिलो पोस्ट
असार १८, २०७८, ७:५७ मध्यान्ह
कमला–ढल्केबर–पथलैया सडकखण्डलाई चार लेन सडक बिस्तारको योजना

भउचप्रसाद यादव/काठमाडौँ/असार १८ गते । सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडकखण्डको विस्तार प्रक्रिया अगाडि बढाएको छ ।त्यस क्रममा परामर्शदाता कम्पनीको सूची तयार भएको छ।

राजमार्गको सो खण्डको विस्तार गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि आठवटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको सडक विभागले जनाएको छ । त्यस खण्डको लम्बाइ १३० किलोमिटर रहेको छ । सरकारले अहिले दुई लेन भएको सो राजमार्गलाई चार लेनमा विस्तार गरिरहेको छ ।विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने सरकारको नीतिअनुसार राजमार्गको कमला–ढल्केबर–पथलैया सडकखण्डको विस्तार प्रक्रिया अगाडि बढेको बताउनुभयो । विस्तारका लागि ‘डीपीआर’ निर्माण गर्न आठवटा कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको जानकारीसमेत उहाँले दिनुभयो । भारत, दक्षिण कोरिया, सिङ्गापुर, टर्की र स्पेनका परामर्शदाता कम्पनी सूचीकृत भएको हो ।

सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सीडीई लक्ष्मीदत्त भट्टले सो राजमार्ग खण्डको विस्तारका लागि डीपीआर तयार गर्न सङ्क्षिप्त सूचीमा सूचीकृत भएका कम्पनीहरूको अहिले प्राविधिक र आर्थिक मूल्याङ्कन भइरहेको जानकारी दिनुभयो । विभागले २०७७ जेठ २२ गते आशयपत्र माग गरेकोमा ४२ वटा परामर्शदाता कम्पनीको निवेदन परेको थियो ।
“सङ्क्षिप्त सूचीमा सूचीकृत भएका कम्पनीहरूसँग प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएकोमा मूल्याङ्कनमा आठवटै कम्पनी सक्षम देखिएका छन् । असार २४ गतेदेखि ती कम्पनीहरूको आर्थिक मूल्याङ्कन सुरु हुन्छ । दुईवटै मूल्याङ्कनमा बढी अङ्क प्राप्त गर्ने कम्पनीलाई छनोट गरिने छ,” भट्टले थप स्पष्ट पार्नुभयो ।

छनोट भएका कम्पनीसँग भदौभित्र सम्झौता गरी असोजदेखि काम सुरु गर्ने लक्ष्य राखिएको छ । भट्टका अनुसार काम सुरु भएको एक वर्षभित्र डीपीआर तयार गरी सोको प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ । डीपीआर प्रतिवेदन तयार भइसकेपछि विस्तारका लागि निर्माण कम्पनी छनोट गरिने छ । तीन वर्षभित्र डीपीआर र विस्तारको काम सम्पन्न गर्ने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।

विस्तारको क्रममा यस खण्डमा ७६ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ । राजमार्गको यो खण्डमा नेपाल सरकारको ७० प्रतिशत र विश्व बैङ्कको ३० प्रतिशत लगानी रहनेछ । एसियाली राजमार्गको मापदण्डअनुरूप सहरी क्षेत्रमा छ लेन विस्तार हुने उहाँले जानकारी दिनुभयो ।
यसैबीच पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर–कमला खण्डको विस्तार कार्य सुरु भइसकेको सीडीई भट्टले जानकारी दिनुभयो । सो खण्डको कुल लम्बाइ ८७ किलोमिटर रहेको छ । अबको तीन वर्षभित्र सो खण्डको विस्तार कार्य पूरा हुने उहाँले बताउनुभयो ।त्यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गतकै बुटवल–नारायणगढ खण्डको विस्तार कार्य सुरु भइसकेको छ । त्यस्तै राजमार्गको काँकडभिट्टा–लौकी र बुटवल–गोरुसिङ्गे खण्डको विस्तारका लागि डीपीआर तयार भइरहेको सडक विभागले जनाएको छ । 

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि