उमेश कुमार साह/सप्तरी-बोदे बर्साईन/असार १५ गते । धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि नाराकासाथ सप्तरीको बोदे बर्साईन नगरपालिकाले मंगलबार १८ औं राष्ट्रिय धान दिवस भब्यता साथ मनाएको छ ।

बोदे बर्साईन नगरपालिकाको वडा नं. ०५ स्थित खेतमा धान रोपेर दिवस मनाइएको हो । एक कार्यक्रमको बिच बोदे बर्साईन नगरपालिकाको सहयोग र शिवबाबा कृषि समुहका अध्यक्ष गंगा प्रसाद यादवको अध्यक्षतामा तथा जसपा नेपालका केन्द्रिय सदस्य अनिरुद्ध कुमार सिंह यादव को प्रमुख अतिथिमा धान रोपाइँ गरि सो कार्यक्रम सम्पन्न भएका छन।

कार्यक्रम अन्तरगत अतिथिहरुमा बोदे बर्साईन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव , पशु बिकास अधिकृत अर्जुन प्रसाद यादव ,सशस्त्र बेश क्याम्प बोदे बर्साईन प्रमुख प्रहरी निरीक्षक उत्सव बिष्ट , ईलाका प्रहरी कार्यालय बोदे बर्साईन प्रमुख प्रहरी नायब निरीक्षक जय प्रसाद महतो , नगर ब्यापार संघ बोदे बर्साईनका सचिब अनिल प्रसाद सिंह , यस नगरपालिका अन्तरगत वडा नम्बर ०५ का अध्यक्ष मो मजेबुर रहमान , ०४ का अध्यक्ष रमानन्द चौधरी , वडा नम्बर ९ का तपसी यादव , मा दुर्गा कृषक समुहका अध्यक्ष – जितेन्द्र यादव , पार्वती कृषक समुहका अध्यक्ष – सबिता साह , मा लक्ष्मिका – सीता साह नेपाली काग्रेस बोदे बर्साईन नगर समितीका अध्यक्ष राजिन्द्र मन्डल पत्रकार उमेश कुमार साह , लोकेन्द्र प्रसाद यादव लगायत अन्य किसानहरुको उपस्थिति थियो
सो अवसरमा बोल्दै पशु बिकास अधिकृत अर्जुन यादवले परम्परागत कृषि प्रणालीबाट आत्मनिर्भर नहुने भएकोले ब्यवसायिक एवम् प्रविधिमैत्री कृषि प्रणाली अपनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कृषकलाई सहुलियत दिन नगरपालिकाले विगत वर्षहरुदेखि नै धान, गहुँ, लगायतको बालीमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको बताउँदै प्रशासकीय प्रमुख घनश्याम यादवले कृषकलाई आत्मनिर्भर बनाए मात्र समृद्धि ल्याउन सकिने बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवले कृषि कर्मलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै नगरपालिकाले विगत वर्षहरुदेखि नै कृषकलाई विभिन्न किसिमले सुविधाहरु प्रदान गर्दै आईरहेको र आगामी दिनमा पनि सहुलियत दिने कार्य जारी रहने बताउनुभयो ।सो कार्यक्रमको संचालक माबि बोदे बर्साईनका शिक्षक जितेन्द्र प्रसाद गुप्ताले गर्नु भएको थियो
















Discussion about this post