जनकपुरधाम, असार २ गते ।जनकपुरमा एक ४ वर्षीया बालिकामाथि ब’ ला’त्का’र भएको छ । जनकपुरधाम उपमहानगरपालिका-२२ बसबिट्टीकी ४ वर्षीया बालिकालाई सोही ठाउँका ५० वर्षीय छिमेकी पुरुषले ब’ ला’त्का’र गरेको हो ।
ब’ ला’त्का’र गरेको आरोपमा बसबिट्टी निवासी ५० वर्षीय छेदु मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मंगलबार साँझ छिमेकी बालिकालाई खेलाउनका लागि मण्डलले घरबाट आफूसँग लगेका थिए । खेलाउन लगेको मौका छोपी उनले बालिकालाई आँपको बगैँचा लगी क ’र’णी गरेका थिए ।
अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारले बालिकाको खोजबिन गर्दैजाँदा घरभन्दा करिब २ सय मिटर पर आँपको बगैँचामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बालिका ब’ ला’त्का’र गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अभियुक्त मण्डललाई प ’क्रा’उ गरेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
प ’क्रा’उ परेका मण्डललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रानाभाटले बताए ।
यसअघि पनि मण्डलले आफ्नै गाउँकी एक महिलालाई पनि क ’र’णी गरेका थिए । त्यो बेला स्थानीयले सो घटनालाई ढाकछोप गरी गाउँमै मिलाएका थिए ।














Discussion about this post