उमेश कुमार साह/सप्तरी /असार २ गते ।सप्तरीमा आज बलान नदीले बगाएर एक बालकको ज्यान गएको छ । खेतमा काम गरिरहेका दाजुलाई भात पुर्याउन गएका बलान विहुल गाउँपालिका–४ वेल्हीका कृष्णदेव भण्डारीका छोरा १५ वर्षीय संतोश भण्डारीलाई नदीमा आएको बाढीले बगाएको हो ।
नदी पारि खेतमा काम गरिरहेका दाजु सुनील भण्डारीलाई भात पुर्याएर फर्किने क्रममा संतोशलाई बाढीले बगाएको आफ्न्त रामचन्द्र भण्डारीले बताए । ‘भात पुर्याएर फर्किरहेको बेला नदीमा बाढी थिएन, नदीको बीच भागमा आएपछि अचानक आएको बाढीले संतोशलाई बगाएको प्रत्येक्षदर्शीहरुबाट जानकारी पाए’ उनले भने–‘त्यसपछि हामीले भारततिर रहेका केही चिनजानतका व्यक्तिहरुलाई जानकारी गराएर हामी पनि उत्तै गए, बगाएको केही घण्टापछि संतोशलाई भारत विहार राज्यका बलानपट्टी गाउँका व्यक्तिहरुले नदीबाट निकाल्दासम्म ज्यान गईसकेको थियो ।’ हाल बालकलाई पोष्टमार्टमका लागि लहान लगिएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले बालकको पोष्टमार्टम गर्न पठाइएको बताए ।















Discussion about this post