महोत्तरी,असार १ गते ।महोत्तरी जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ ३१ गते बसेको बैठकले आगामी असार ७ गते राति १२ बजेसम्मका लागि निषेध आदेश थप गर्ने निर्णय गरेको छ ।सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लाभर निषेध आदेशको समय अवधि थपिएको न्यौपानेले जानकारी दिनु भयो ।

कोरोना सङ्क्रमणको दर कम भएपनि जोखिमको अवस्थामा अहिले रहेको कारण निषेध आदेशलाई निरन्तरता दिने निर्णय भएको निमित प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनु भयो ।














Discussion about this post