सिरहा,जेठ ३१ गते।जिल्लास्तरिय काेभिड-१९ संकट व्यवस्थापन केन्द्र ( डिसिसिएमसि) ले जेठ ३१ गते साेमवार वसेकाे वैठकले पुन १५ दिन निषेधाज्ञा थप गरेको छ ।
निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायतकाहरु बन्द रहने जनाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनभने सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी खिए ।
खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ५ बजे देखि १ बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ । निर्माण सामाग्री भण्डारण गर्ने बाहेक विहान नौं बजेदेखि १ बजेसम्म व्यवसाय गर्न पाइने बताइएको छ ।होटल व्यसायभ ने अनलाईन वा फोनबाट बुकिङ्ग गरी होम डेलिभरी विहान नौ देखि दिउँसो १ बजे र बेलुकी ६ बजेदेख ८ बजेसम्म सञ्चालन गर्न पाइने जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेलका अनुसार जेठ १ गते बाट जेठ २० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारि गर्दै २१ देखि ३१ गते सम्म राति १२ वजे सम्म निरन्तरता दिईएता पनि काेभिड वढदै गएकाले जेठ ३१ गते साेमवार वसेकाे वैठक वाट पुन १५ दिनकाे लागि निषेधाज्ञा थप गरि असार १५ गते सम्मका निषेधाज्ञा गरिएकाे लम्ब्याईएको हो।
हेर्नुहोस निर्णय
















Discussion about this post