सिरहा,जेठ ३० गते।सिरहामा कटुवा पेस्तोलसहित एकजना प्रहरीको फन्दामा परेको छ। सिराहाको महेशपुर पतारिबाट खटिएको प्रहरीले आइतबार बिहान एक जनालाई प्रहरीको फन्दामा परेको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार कटुवा पेस्तोल र त्यसमा लाग्ने एक गोलीसहित गणेशकुमार सिंहलाई पक्राउ गरेको हो ।
जिल्लाको सुखीपुर नगरपालिका– ७ बलहीस्थित सिंहको घर खानतलासी गर्दा पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ । सिंहलाई महेशपुर पतारि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रवक्ता डिएसपी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

















Discussion about this post