रामनारायण मेहता,जेठ ३० गते।सके सहयोग गरौ नसके घरमै बसौ मुलनाराको साथ कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान का सन्योजक गुनानन्द महतो अभियान का टोलि सङ्ग सुनसरी को भोक्राहा ढोक को गाउँ बस्तिमा स्वास्थ सामाग्री सहित खाने सामाग्री लिएर गरिब तथा अति बिपन्न परिवार मा पुगे ।

स्वास्थ सामाग्री माक्स , सेनिटाईजर र साबुन अनि खाने सामाग्री हरु च्युरा , चाउचाउ , बिस्कुट सहित को सामाग्री हरु स्थानीय को सहयोग मा करिब ५० भन्दा बढी अति बिपन्न परिवार मा बितरण गरियो भन्ने जानकारी अभियान का सदस्य तथा महा अभियान्ता रामनारायण मेहता ले जानकारी गराउनु भयो ।

अभियान मा समलग्न महा अभियान का सल्लाहकार तथा कुशवाहा समाजका ग.पा. अध्यक्ष मधुलाल मेहता का अनुसार अहिले को विषम परिस्थितिमा मा सरकार द्वारा कुनै सहयोग नआएको हुदा यश गपा को अति बिपन्न परिवार निरास भएको बेला कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान ले सानै सहयोग गरेता पनि अति बिपन्न परिवार खुसी भएका छन।

जन चेतना मुलक कार्यक्रम र राहत सामाग्री पाउँदा स्थानीय हरु ले सबै अभियन्ता हरु र कुशवाहा समाज लाई धन्यवाद दिए को कुरा कुशवाहा समाज का वाडा अध्यक्ष जय प्रकाश मेहता ले जानकारी दिनु भयो ।

उक्त माहा अभियान मा सन्योजक गुनानन्द महतो , सदस्य हरु रामनारायण मेहता, बब्लु मेहता सुरेश मेहता, सिभकुमार मेहता , अर्जुन मेहता, पवन मेहता , कुशवाहा समाजका गपा अध्यक्ष मधुलाल मेहता , समाज का वडा अध्यक्ष जय प्रकाश मेहता सचिब डि एन मेहता लगायत विद्यार्थी समाजका गपा अध्यक्ष उमेश मेहता समेत को उपस्थित थियो भन्ने कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान का सन्योजक गुनानन्द महतो ले जानकारी गराउनु भयो ।














Discussion about this post