महोत्तरी,जेठ २९ गते।आफ्नै भाइको ज्यान लिएको आरोपमा महोत्तरीमा दाजुसहित दुई जना प क्रा उ परेका छन् । लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या आरोपमा सहोदर दाजु रामचन्द्र साह र भतिजा उमेश साहलाई प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गत बुधबार घरमा कूलदेवताको स्थान र पूजा आराधना विषयमा दाजुभाइबीच भएको विवाद झडपमा परिणत हुँदा लक्ष्मण घाइते भएका थिए । उपचारका लागि काठमाडौं पठाइएका लक्ष्मणको शुक्रबार ज्यान गएपछि विवाद र झडपमा संलग्न दुई जनालाई शनिबार प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
प क्रा उ परेका दुवैलाई जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राखी अनुसन्धान गर्ने म्याद लिइएको प्रहरीले जनाएको छ । मृतकको शव काठमाडौंमै पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि भ्रमरपुरा ल्याइएको प्रहरी उपरीक्षक आचार्यले बताए ।














Discussion about this post