nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

साना व्यवसायीकाे पीडा : हात पसार्न पनि सकिँदैन, व्यापार पनि छैन

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २६, २०७८, ७:५६ मध्यान्ह
साना व्यवसायीकाे पीडा : हात पसार्न पनि सकिँदैन, व्यापार पनि छैन

सप्तरी, जेठ २६ गते । लकडाउन अघि युवा व्यापारी अरबिन्द दास दिनहुँ रु चार-पाँच हजारको तरकारी बेच्नु हुन्थ्यो । सप्तरीको राजविराज नगरपालिका–६ सिरहा रोडका ३९ वर्षीय दासले हटियामा बेचेको तरकारीबाट दैनिक सरदर एक हजार नाफा कमाउनु हुन्थ्यो ।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते मध्यरातदेखि सप्तरीमा शुरु भएको लकडाउनपछि हाटबजार बन्द छ । बजार बन्दले तरकारी बिक्री हुन छाडेपछि उहाँ तरबुज बिक्री गर्न थाल्नु भएको छ । ठूलो परिमाणमा किन्नुपर्ने तरकारी समयमै बिक्री नहुँदा कुहिने र प्रहरीले समेत हटियामा कडाइ गरेका कारण दासले तरकारी बिक्री गर्न छाडेर तरबुज बेच्न थालेको बताउनुभयो । “बजार बन्द छ, सडक सुनसान छ, मानिसहरूको आवतजावत नभएकाले बिक्री पनि छैन्”, उहाँले भन्नुभयो– “कुहिने डरले किनेकै दाममा पनि बेच्नु पर्ने हुन्छ भने कतिपय चिनेजानेकाहरूले त कम पैसा छाडेर समान लिएर जाने गर्छन् ।”

तरकारी छाडेर तरबुज बिक्री गर्न थाल्नु भएका दासले बिक्री बढाउन प्रतिकिलोग्राम रु २० देखि २५ मा तरबुज बेचिरहनु भएको छ । छुट दिँदा पनि तरबुजको बिक्री नबढेको उहाँको भनाइ छ । उहाँहरू ३÷४ जना मिलेर एक ट्रयाक्टर तरबुज किन्ने गरेको बताउनुभयो । ट्रयाक्टरमा १५÷१६ क्विन्टल हुन्छ । प्रतिकिलो १५ रूपैयाँ मोल पर्ने तरबुज समयमै बिक्री नहुँदा कुहिएर नष्ट हुन्छ । टोलहरूमा घुमाएर बिक्री गर्नका लागि उहाँले दैनिक ५० रूपैयाँ तिरेर भाँडामा ठेलागाडा लिनुभएको छ । खाना खाएर ११ बजे ठेला गुडाउँदै घरबाट निक्लने उहाँ साँझ ६ बजे घर फर्कनु हुन्छ । दिनभरीमा एक हजार रूपैयाँको तरबुज पनि बिक्री नहुने गरेको उहाँको भनाइ छ । यसले उहाँलाई ६ जना परिवारको पेट भर्न गाह्रो भएको छ ।

हाटबजारमा प्रहरीले बस्न दिदैन् । त्यसैले टोलको गल्लीमा ठेला राखेर बेच्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । पोहोरको लकडाउनमा बजारमा तरकारी बिक्री गर्दा प्रहरीले कुटेको घटना स्मरण गर्दै उहाँले भन्नुभयो, “यसपटक प्रहरीेको डरले बजारमा बस्ने हिम्मत गरेका छैनौं, प्रहरीले पनि टोलमा भिंडभाड नगरी घुमेर बेच्नु, बजार नजानु भनेर सम्झाउने गरेको छ ।” दासका बुवा वीरेन्द्रप्रसादको १५ वर्ष अघि राजविराज हटियामा किराना पसल थियो । नजिकका नातेदारहरूले उधारो खाएर तिरेनन्, पछि हटियामै आगो लागेपछि किराना पसल छाडेको उहाँको भनाइ छ । त्यसपछि अरबिन्दले कस्मेटिक पसल, किराना पसलमा काम गर्न थाल्नुभयो । शुरुमा रु.तीन सयमा रोजगारी गर्न थालेका दासलाई पसलले मासिक पारिश्रमिकस्वरूप पाँच हजार रूपैयाँ सम्म दियो । विवाहपछि वृद्ध बुवाआमा र छोराछोरीको पालनपोषण गर्न पाँच हजार रूपैयाँले न पुगेपछि आफ्नै व्यापार गर्ने भनेर तरकारी बिक्री गर्न थालेको उहाँले बताउनुभयो । तरकारी बिक्रीबाट दैनिक ५ सय देखि एक हजार रूपैयाँसम्म मुनाफा हुने गथ्र्यो । लकडाउन पछि तरकारी व्यापार नै बन्द भएको छ ।

उहाँको राजविराज बजारस्थित मुख्य सडकमै घर छ । आफ्नो फाँटमा परेको जम्मा २ धुर जग्गामा बनेको एउटा कोठामा बुवा, आमा, श्रीमति र छोराछोरीसहितको ६ जनाको परिवार बस्छन् । लकडाउन भए पनि सम्पन्नलाई फलफूल, तरकारी एवं खाद्यान्नको चिन्ता छैन । विभिन्न संघ–संस्था एवं मनकारी व्यक्तिहरूले विपन्न एवं सुकुम्बासीलाई राहत वितरण गरिरहेकाले उनीहरूलाई पनि समस्या नभएको दासको भनाइ छ । बजारमा घर भएपनि बहालमा बस्ने भए पनि सानोतीनो व्यवसाय गरेर अनी सबैथोक किनेर खाने वर्गको आर्थिक स्थिति लकडाउनमा नाजुक भएको छ । “आम्दानी निश्चित नभएका हामीजस्ता वर्ग चाहिँ लडकाउनमा बढी पिल्सिएका छौं, सानोतिनो व्यापारकै भरमा शहरमा टिकेका छौ,अहिले त्यो पनि बन्द छ” उहाँले भन्नुभयो, “बजारमा घर भएर के गर्नु, एउटा कोठामा ६ जना सुत्छौ, सबथोक किनेर खानु पर्छ । छोराछोरीलाई पढाउनै प¥यो । हात पसारेर माग्न पनि सकिदैन, व्यापार पनि छैन् ।”

बिक्री कम भएकाले आम्दानीको टुङ्गो नभएका साना व्यापारीहरू लकडाउनको अवधि लम्बिदै जाँदा आँत्तिएका छन् । दास झै बजारका साना चिया, नास्ता र होटेल व्यवसायी पनि तनावमा छन् । यो लकडाउनलाई थप नलम्ब्याउने गरी सरकारले सङ्क्रमित, कोरोना लक्षण देखिएका र उनीहरूको सम्पर्कमा आएकाको तीव्र पहिचान र उपचार गर्नुपर्ने तथा खोपको व्यवस्था गर्नुपर्ने अरबिन्दकी आमा चण्डिका दासले बताउनुभयो ।रासस

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि