काठमाडौ, जेठ ९ गते । ताउते नामको अति शक्तिशाली चक्रवातले धनजनको क्षति गरेको केही दिन नबित्दै भारतमा फेरि अर्काे शक्तिशाली चक्रवात बन्न थालेको छ ।
भारतीय मौसम विभागका अनुसार बंगालको खाडीको मध्यपूर्वी भागमा दबाब क्षेत्र बन्न शुरु गरिसकेको छ । यो यही मे २४ तारिखसम्म तीव्र वेगको चक्रवातमा परिणत हुने सम्भावना छ । जसलाई यास भनेर नामकरण गरिएको छ ।
भारतको मौसम विभागले शनिबार ट्वीट गर्दै चेतावनी दिएको छ, ‘यास उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै शक्तिशाली चक्रवातमा परिणत हुनेछ । यो मे २६ साँझसम्म बंगाल वा ओडिसाका तटीय क्षेत्र हुँदै बंगलादेशबाट अगाडि बढ्ने छ ।’
यसअघि भारतको गुजरातमा बज्रेको ताउते चक्रवातको प्रभाव नेपालमा पनि परेको थियो । जसले यहाँ भारी वर्षा तथा हिमपात गराएको थियो ।
यास चक्रवातले समेत नेपालमा प्रभाव पार्ने मौसमविदहरु बताउँछन् ।चक्रवातको प्रभावले नेपालमा समेत केही स्थानमा हावाहुरी तथा भारी वर्षा हुने मौसमविदको भनाई छ ।





















Discussion about this post