nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : कोरोना संक्रमित धमाधम दम तोड्दै, सीमित भेन्टिलेटर चलाउनसमेत जनशक्तिको अभाव

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १४, २०७८, ७:२४ मध्यान्ह
प्रदेश २ : कोरोना संक्रमित धमाधम दम तोड्दै, सीमित भेन्टिलेटर चलाउनसमेत जनशक्तिको अभाव

किरण कर्ण/जनकपुरधाम/बैशाख १४ गते। प्रदेश २ मा कोरोना संक्रमणको दोश्रो लहरले विस्तारै विस्तारै विकराल रुप लिन थालेको छ । वैशाखको सुरुवातमा प्रदेशका ८ वटा जिल्लामा न्यून संक्रमित रहे पनि मध्यतिर आइपुग्दा संक्रमण दर निकै बढेको छ ।

प्रदेशका सबै जिल्ला भारतसँग सीमा जोडिएका र सीमा क्षेत्रमा कडाइ नगरिएका कारण दुई साता यता प्रदेशमा संक्रमण दर उल्लेख्य बढेको जानकारहरुको भनाइ छ ।

वैशाख ४ गतेको तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा एन्टिजेन विधिबाट ६ वटा नमुना परिक्षण गर्दा एकजनामा पोजेटिभ पाइएको थियो । यस्तै आरटी पिसिआर विधिबाट २० वटा नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण फेला परेको स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिए ।

यो क्रम दिनानुदिन तीव्र रुपमा बढ्दै हाल प्रदेशमा एक हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना संक्रमितमध्ये कतिपयलाई आईसीयूमा राख्नुपर्ने अवस्था छ भने केहीलाई भेन्टिलेटरमा राख्नुपर्ने देखिएको छ ।

तर प्रदेश २ का अधिकांश सरकारी अस्पतालमा भेन्टिलेटर भए पनि तिनलाई सञ्चालन गर्ने जनशक्ति नहुँदा बिरामीहरु उपचारबाट वञ्चित हुनु परेको छ । भेन्टिलेटर चलाउने दक्ष प्राविधिक नहुँदा विभिन्न अस्पतालका भेन्टिलेटर प्रयोगविहीन बन्दै गएको छ ।

प्रदेशका ८ वटै जिल्ला भारतसँग सीमा जोडिएका कारण जुनसूकै बेला ओहोरदोहोर भएको र वैदेशिक रोजगारीमा जानेको संख्यासमेत सबैभन्दा बढी रहेकाले यो प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा छ । प्रदेश सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पूर्ण रुपले तम्तयार रहेको बताए पनि चिकित्सक भने अझै प्राविधिक रुपले तयार हुन नसकिरहेको बताउँछन् ।

सामाजिक विकास मन्त्रालय मातहत रहेको स्वास्थ्य महाशाखा प्रमुख नबल झाले प्रदेश २ मा ४५ वटा भेन्टिलेटर उपलब्ध रहेको जानकारी दिए । तर ती भेन्टिलेटर चलाउने दक्ष जनशक्ति अभाव रहेको उनको भनाइ छ । उनले वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा मात्रै भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति रहेको जानकारी दिए ।

प्रादेशिक अस्पताल जनकपुरधाममा जसोतसो भेन्टिलेटर चलिरहेको छ । स्वास्थ्य महाशाखाका प्रमुख झाले अन्य अस्पतालमा भेन्टिलेटर रहे पनि चलाउने जनशक्ति पर्याप्त नरहेको बताए । उनले भने, ‘कतिपय अस्पतालमा आईसीयू तथा एचडीयूको व्यवस्था रहे पनि जनशक्ति अभावमा सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।’

उनका अनुसार नारायणी उपक्षेत्रीय अस्पतालमा १०, नेशनल मेडिकल कलेजमा १० र प्रादेशिक अस्पताल जनकपुरधाममा ७ वटा भेन्टिलेटर छन् ।

त्यस्तै महोत्तरीको जलेश्वर अस्पतालमा ५, सप्तरीको राजविराजस्थित अस्पतालमा ४, बाराको कलैयास्थित अस्पतालमा २, रौतहटको गौरस्थित अस्पतालमा ४, सिरहा अस्पतालमा २ र लहानस्थित अस्पतालमा १ थान भेन्टिलेटर छन् ।

यस प्रदेशमा ७१ शय्या आईसीयूको व्यवस्था रहेको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए । उनले नारायणी उपक्षेत्रीय अस्पतालमा १५, वीरगंजको नेशनल मेडिकल कलेजमा २६, प्रादेशिक अस्पताल जनकपुरधाममा १०, रौतहटको गौर अस्पतालमा १० वटा आईसीयू बेड रहेको जानकारी दिए । यस्तै, जलेश्वरमा ५ र सिरहामा ५ शय्याको आईसीयू रहेको उनले बताए ।

प्रदेश २ मा १८१ बेडको हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) को व्यवस्थासमेत गरिएको उनले जानकारी दिए । उनका अनुसार वीरगंजस्थित नेशनल मेडिकल कलेजमा सबैभन्दा बढी ३१ शय्याको एचडीयू छ । त्यस्तै नारायणी उपक्षेत्रीय अस्पताल, प्रादेशिक अस्पताल जनकपुरधाम र राजविराजस्थित अस्पतालमा २५÷२५ शय्याको एचडीयू छ । अन्य जिल्लास्थित अस्पतालमा १५÷१५ शय्याको एचडीयूको व्यवस्था गरिएको प्रमुख झाले बताए ।

प्रदेश २ मा अहिले कुल १ हजार ४३६ जना कोरोना संक्रमित छन् । तीमध्ये पर्सामा मात्रै ८०५ जना कोरोना संक्रमित रहेको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सोमबारसम्म बारामा १५९, धनुषामा १४०, रौतहटमा ९१, महोत्तरीमा ४५, सिरहामा २४, सप्तरीमा २७ र सर्लाहीमा १३ जना कोरोना संक्रमित रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।

प्रतिपक्षद्वारा सरकारको आलोचना

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारको निष्क्रियताप्रति प्रतिपक्षी दलले कडा आलोचना गरेको छ ।

नेकपा एमालेका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले कोभिड–१९ पुनः फैलिँदै गएको र रोकथाममा प्रदेश सरकारले कागजी निर्णयबाहेक केही गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘प्रदेशभित्र कोरोनाले भयावह रुप लिँदै गएको छ तर प्रदेश सरकारले आइसोलेशन, क्वारेन्टिन र कोभिड अस्पताल बनाउने निर्णय गरेको थियो तर हालसम्म निर्माण गर्न सकेको छैन ।’

अहिले कोरोना संक्रमण भयावह अवस्था आइसकेको भन्दै उनले वीरगंजका अस्पतालमा अक्सिजन र बेडको आभाव हुन थालेको, अक्सिजन र बेड अभावमा संक्रमितहरु घरमै मर्न बाध्य भइरहेको अवस्थामा समेत प्रदेश सरकारले कुनै किसिमको व्यवहारिक तयारी नगरेको बताए ।

नेपाली काँग्रेस, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले छिमेकी राष्ट्र भारतमा ३ लाखभन्दा बढी संक्रमित फेला परेको र अव्यवस्थित सीमाका कारण नयाँ भेरिएन्टको कोरोना नेपालतर्फ प्रवेश गरेको खबर आईरहेको बताए । उनले प्रदेश सरकारले अहिलेसम्म कोभिड–१९ अस्पताल समेत बनाउन नसकेकोमा आपत्ति जनाए ।

उनले भने, ‘मैले थाहा पाएअनुसार प्रदेश सरकारसँग कर्मचारी पनि छैनन् । पहिले पनि प्रदेश सरकारले कोभिड–१९ को समय काम गरेका कर्मचारीलाई दोब्बर तलब दिने भनेको थियो, तर उनीहरूले आफ्नो तलबसमेत पाएनन् ।’ कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकार निकम्मा देखिएको उनको भनाइ थियो ।

Tags: प्रदेश २ कोरोना अपडेट

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!