जनकपुरधाम,बैशाख १३ गते।प्रदेश २ को सभाका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ । मंगलबार बस्ने गरी तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाका निमित्त सचिव रंजित यादवले जानकारी दिए । उनका अनुसार संक्रमित कर्मचारीको अवस्था समान्य छ । उनीहरूलाई लक्षण देखिएपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा स्वाव परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।
कर्मचारीमा संक्रमण देखिएलगतै प्रदेशसभाका सम्पूर्ण कर्मचारीसहित आज करिब ६५ जनाको स्वाब परीक्षण गरिएको छ । भोलिसम्म स्वाब दिएका सबैको रिपोर्ट आउने निमित्त सचिव यादवले बताए । प्रदेशसभा कर्मचारी श्रोतका अनुसार सभामुख यादवलाई समेत कोरोना संक्रमण देखिएको छ । ३/४ दिनदेखि उनलाई ज्वरोसहितको लक्षणसमेत देखिएको छ । यद्यपि उनलाई संक्रमण भएको आधिकारिक पुष्टि हुन सकेको छैन ।
गएको ३० चैतबाट सुरु भएको प्रदेशभाको पाँचौ अधिवेशनपछि १० वैशाखमा दोस्रो बैठक बसेको थियो । पाँचौ अधिवेशन शुरु भएपछि प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने प्रक्रिया जारी छ । गएको १० गतेको बैठकमा प्रदेशसभा सदस्यहरुले दर्ता गराएको राजधानीसमबन्धी प्रस्तावमाथि छलफल भएको थियो भने अगामी बैठकमा नामकरणसम्बन्धी दर्ता भएको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।-शिलापत्र बाट














Discussion about this post