उमेश कुमार साह/राजविराज/वैशाख ७ गते।प्रदेशसभा सांसद अभिषेक यादवले सप्तरीको छुट्टाछुट्टै दुई स्थानमा आगलागी भएर पीडित बनेका परिवारलाई राहत उपलब्ध गराएका छन् ।

सप्तरी क्षेत्र नम्वर ४ (ख)बाट निर्वाचित उनी मंगलवार बलान विहुल गाउँपालिका र सुरुङ्गा नगरपालिकास्थित पीडितको घरमै पुगेर राहत उपलब्ध गराएका हुन् ।
बलान विहुल–१ कमलदाहाका १ र सुरुङ्गा–११ खजनपुरका ३ परिवारलाई चालम, दाल, चिउरा, तेल, मुरही, कपडा, झूल लगायतका सामग्रीहरु उपलब्ध गराएको हो ।

केही दिनअघि मात्रै दुवै स्थानमा आगलागी हुँदा चार परिवारको घरसहित घरमा भएको अन्नपात, लत्ताकपडा, गरगहना पूर्ण रुपमा जलेको थियो ।
















Discussion about this post