जनकपुरधाम,चैत २६ गते। पत्रकार महासंघको धनुषा जिल्ला अध्यक्षमा महिला पत्रकार मनिका झा विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा धनुषामा मनिका झा ५० मत ल्याएर महासंघको जिल्ला शाखा अध्यक्षमा विजयी भएका हुन् ।
मनिकाले पुरन गुप्ता, राजन सिंह, धर्नेन्द्र झा, नित्यानन्द मण्डल र अर्जुन क्षेत्रीलाई हराउँदै जिल्ला शाखा अध्यक्षमा विजयी भएकी हुन्। धनुषाकी मनिका झा अन्नपूर्ण पोष्ट दैनिककी प्रदेश-२ को व्यूरो प्रमुखको रुपमा कार्यरत छिन् । प्रेस संगठनबाट उम्मेद्वार बनेकी झाको नेतृत्वमा उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्ष नेहा झा, सचिव बटुकनाथ झा, सह-सचिवमा निरन्जन साह, सह-सचिव समावेशीतर्फबाट गोविन्द महतो, कोषाध्यक्ष राजकमल सिंह चयन भएका छन् ।
















Discussion about this post