काठमाडौ,चैत २४ गते।भारतमा सोमबार राति भूकम्प भएको छ । भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ ।
भारतीय भूकम्प मापन केन्द्रले भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको जनाएको छ।
यसैबीच काठमाडौँस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका महानिर्देशक लोकविजय अधिकारीले पूर्वी नेपालमा भूकम्पको धक्का ठूलो महसुश भएको जानकारी आएको रातोपाटीलाई जानकारी दिए ।
भारतले ५.४ म्याग्निच्यूडको भूकम्प गएको बताइरहँदा अधिकारीले भने ५.८ म्याग्निच्यूडको बताउँदै केन्द्रको आधिकारिक वेबसाइडमा पनि सोही कुरा उल्लेख गरिएको छ।














Discussion about this post