उमेश कुमार साह/सप्तरी,चैत १८ गते।जनताप्रती उत्तरदायी भएर काम गर्ने असल राष्ट्रसेवकको अपेक्षालाई सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोखरेलले ब्यवहारमै उतार्ने दृढ संकल्पका साथ सक्रिय देखिनु भएको छ।उहाँ सप्तरी जिल्लामा आएदेखी नै सरकारी कार्यालयको कार्यसम्पादन बारे बस्तुस्थिति बुझ्न दौडिरहेको देखिन्छ ।बिगतका दिनदेखि नै जिल्लाका विभिन्न कार्यालयमा अनुगमन गरिसक्नु भएको छ।निरक्षण गर्ने क्रममा कर्मचारीबाट भैरहेको जनउपेक्षित गतिविधिलाई उहाँले निशेध गर्न कार्वाही समेत गरिएको स्थिति छ।
यसैक्रममा प्रजिअ पोखरेलले आज राजविराज नगरपालिका वडा न.९ को स्वास्थ्य चौकी,सो वडाको वडा कार्यालय र राजगढ गाउँपालिका वडा न.-५ मलेकपुरको स्वास्थ्य चौकीमा अनुगमन गर्नुभएको हो।कार्यालय पुग्दा दर्जनभन्दा बढी कर्मचारीहरु समयमै कार्यालयमा उपस्थित नहुनेभएकाले ,जनगुनासोहरु बढ्दै गएकाले कार्वाहीमा पर्न थालेका हुन।राष्ट्रसेवकले जनताको सेवामा तत्परता देखाउनु तथा विधि र कानुन दायरामा रहेर कार्यसम्पादन गर्नु नै सुशासन हो।पछिल्लो समय जिल्लाका विभिन्न सरकारी कार्यालयमा कर्मचारीको मनपर्दी,अपारदर्शी कार्य ,जनतालाई विभिन्न बहानामा दुख दिने कार्य ह्वात्तै बढेका छ्न।बहाना भनैकै सित्तैमा काम नगरिदिने मनसायका साथ कानुनी जटिलता देखाउने हो।नरम र मिठो संवाद भन्दा नि सेवाग्राही जनता संग चर्को र शासकीय शैलीमा ब्यवहार गर्ने हो।पहुँच र सामर्थ्यबाट वंचित समुदायलाई हेप्ने प्रवृत्ति सप्तरीको प्रायः हरेक कार्यालयको संस्कृति बन्दै गएको देखिन्छ । समयमै कार्यालय उपस्थित नहुने कर्मचारीका कारण सेवाग्राही जनतालाई कुर्नुपर्ने बाध्यता उत्पन्न भइरहेकै गुनासो सुनिनु परेको देखिन्छ ।यस्तो भएपछि जनताको कार्य प्रति उपेक्षित हुनु होइन?
पछिल्लो समय प्रजिअ पोखरेलले कर्मचारीबाट भैइरहेको जनउपेक्षित कार्यबारे जनगुनासो बढिरहदा आफै सरकारी कार्यालयहरु अनुगमनमा सक्रियता देखाउनु भएको छ।उहाँको यो सक्रियताले सरकारी कर्मचारीमा अनुशासन बढ्ने निश्चित छ।सरकारी कार्यालयमा आफै उपस्थित भैइ अनुगमन गर्ने सच्चा राष्ट्र सेवकको छवि देखाउनु मात्र होइन आफ्नो कर्तव्य बोध समेत गर्नु हो।जनताले भुक्तान गरेको करबाटै राष्ट्रसेवकलै सेवा सुधिवा पाउने होइन?सेवाग्राही जनता प्रति उत्तरदायी नहुने कर्मचारीलाई कार्वाही किन नहुनुपर्ने?














Discussion about this post