nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आफ्नै बुवाबाट बलात्कृत किशोरीको दर्दनाक कथा : अस्पताल पुग्दा जब ७ महिनाको गर्भ भेटियो

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १७, २०७७, ८:२८ मध्यान्ह
आफ्नै बुवाबाट बलात्कृत किशोरीको दर्दनाक कथा : अस्पताल पुग्दा जब ७ महिनाको गर्भ भेटियो
  • प्रकाश आचार्य

काठमाडाैं, चैत १७ गते । गुल्मीको रेसुङ्गास्थित उपल्लो तम्घास माविमा कक्षा ६ मा अध्ययनरत छात्रा सीता मगर (नाम परिवर्तन) को स्वास्थ्यमा गत महिना अचानक अचम्मको परिवर्तन देखिन थाल्यो ।

हातखुट्टा सुन्निए, पेटको आकार पनि बढ्दै गयो । १४ वर्षीया सीताको यो अवस्था देखेर साथीहरूदेखि शिक्षक/शिक्षिका समेत अचम्ममा परे ।

उनको आर्थिक अवस्था कमजोर थियो । स्वास्थ्य जाँच गराउन भनेर शिक्षक र विद्यालयका कर्मचारीले १ हजार रूपैयाँ संकलन गरे ।

त्यसपछि सीताको आमा र साथीको परिवारसँग सम्पर्क गरेर उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लैजान भनियो ।

दुई साताअघि उनलाई जिल्ला सदरमुकाम तम्घास ल्याएर चेकजाँच गरियो । अस्पतालमा चिकित्सकले भिडियो एक्सरे गरेर मात्र केही भन्न सकिने बताए ।

भिडियो एक्सरे गर्दा पेटमा ३० हप्ता १ दिनको बच्चा रहेको पत्ता लाग्यो । 

छोरीको पेटमा ७ महिनाको बच्चा रहेको पुष्टि भएपछि सीताकी आमा छाँगाबाट खसेजस्तै भइन् । विद्यालयमा पनि सन्नाटा छायो ।

कसको गर्भ हो ? भनेर सोधखोज गर्दा सीताले आफ्नै बुवाले १ वर्षदेखि आफूलाई निरन्तर बलात्कार गर्दै आएको खुलाइन् ।

तिनै सीताले गत शुक्रबार छोरालाई जन्म दिएकी छन् ।

अहिले अस्पतालमै रहेकी सीताले आफूलाई धम्की दिएर बुवाले नै बलात्कार गर्ने गरेको लोकान्तरसँग बताइन् ।

‘मलाई १ वर्षदेखि बुवाले जबरजस्ती गर्ने गर्थे । अरूलाई भने तँलाई धामीझाँक्री लगाएर मारिदिन्छु समेत भन्थे । त्यही भएको हुनाले मैले कसैलाई भन्न सकिनँ,’ सीताले अस्पतालको बेडबाटै लोकान्तरसँग भनिन् ।

उनले थपिन्, ‘उहाँ पल्लो विस्तारामा सुत्नुहुन्थ्यो । आमा निदाएपछि मेरो विस्तारामा आउनुहुन्थ्यो । कसैलाई भनिस् भने मारेर फल्दिन्छु । पुलिसकहाँ उजुरी गरे दुईतीन दिनमा निस्किन्छु अनि सबैलाई मार्दिन्छु भनेर डर देखाएपछि कसैलाई नभनेकी हुँ । मैले आमालाई पनि भन्न सकिनँ । आमा पनि सोझो हुनुहुन्छ ।’ 

उनले स्वास्थ्य जाँच गराउनुअघि आफूलाई गर्भवती भएको थाहा नभएको बताइन् । भिडियो एक्सरेपछि नै आफूलाई गर्भबारे थाहा भएको उनको भनाइ छ ।

उनलाई अहिले पढाइको चिन्ता छ । ‘म स्कूल जान पाउँछु कि पाउँदिन होला ? मलाई यो बच्चाको माया छैन । दूध पनि चुसाएकी छैन, चुसाउँदिन पनि,’ निराश हुँदै उनले भनिन् । 

छोरीको गर्भ रहेको थाहा पाएदेखि नै आमा पुर्मती (नाम परिवर्तन) निकै चिन्तित छिन् । आफ्नै श्रीमानबाट छोरीको बलात्कार भइरहँदा कुनै संकेत समेत नपाएकोमा पछुतो छ उनलाई ।

‘मलाई त, केही थाहा भएन । पापी स्वभावको रहेछ । पापीको अनुहार पनि हेर्दिनँ अब,’ उनले लोकान्तरसँग भनिन् । 

पुर्मतीका श्रीमान् एवं सीताका बुवा धामी झाँक्रीको काम गर्छन् । कमाएको पैसा जाँडरक्सीमै सक्ने गरेको पुर्मतीले बताइन् ।

स्थानीय हिमबहादुर भलामीका अनुसार पीडक १५/१६ वर्षअघि बाग्लुङबाट आएर तम्घास आसपासकै महिलालाई विवाह गरी बसेका थिए ।

धाँमीझाँक्रीको नाममा झारफुकको काम गर्न उनी प्रायः साँझको समयमा हिँड्थे र घरमा पनि साँझमा बोलाउँथे । गाँजाको लतमा लागेका युवाहरू उनको घरमा सधैँ आउने गर्दथे ।

आफूले पनि गाँजा खाने र युवाहरूलाई पनि दिने भएकाले स्थानीयले त्यो परिवारसँग हिमचिम गर्दैनथे । 

भलामीले लोकान्तरसँग भने, ‘दश वर्षअगाडि गाँजा काण्डमा पक्राउ परेका उनी केही समयअघि छुटेका थिए ।’

उनी अहिले प्रहरी हिरासतमा छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपालचन्द्र भट्टराईले आरोपीले अहिलेसम्म बलात्कार गरेको भनेर स्वीकार नगरेको बताए ।

‘घटनाको कारक चाहिँ उही नै हो, अरूको सम्भावना देखिँदैन । हामी अनुसन्धान गरिरहेका छौं । जवरजस्ती करणी र हाडनाता मुद्दा दर्ता भएर अनुसन्धान प्रक्रिया अगाडि बढेको छ,’ भट्टराईले लोकान्तरसँग भने ।

घटना बाहिर आएपछि भागेर बाग्लुङ पुगेका उनलाई घरमा बोलाएर आउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । उनीहरूको स्थायी घर बाग्लुङ निसिखोला गाउँपालिका वडा नम्बर ४ मा हो । 

रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष भरत भलामीले सीताको बाबुको स्वभाव पहिलेदेखि नै खराब देखिँदै आएको बताए ।

भलामीले निज बाबुको बच्चा हो कि होइन भनेर पुष्टि गर्न डीएनए परीक्षणका लागि रगत संकलन गरिसकेको जानकारी दिए ।

पछिल्लो समय बलात्कारका घटना बढ्दै गएका छन् । सीता अहिले अस्पतालमै छिन् । उनलाई डिस्चार्ज गर्ने तयारी छ । सीताको परिवारले बच्चा पाल्न नसक्ने बताएका छन् ।

उक्त बच्चा कानूनी प्रक्रिया पूरा गरेर सन्तानविहीनलाई दिने तयारी गरिएको अस्पताल स्रोतले बताएको छ । साभार-लोकान्तर

Tags: खोज

Discussion about this post

Related Posts

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!