उमेश कुमार साह/सप्तरी,चैत १३ गते।सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ०२ स्थित सशस्त्र बिओपी रामनगरको प्रमुख प्रहरी निरीक्षक लाल बहादुर खड्काको कमान्डमा खटिएको सशस्त्र बिओपी टोलि द्वारा १८ किलो अवैध गाँजा बरामद गरेको छ। बिहिवार राति सीमामा सुरक्षा गस्तीमा खटेको टोलीले बलान बिहुल गाउँपालिका वडा नम्बर ०२ स्थित दक्षिण बलान नदीबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको हो।
सशस्त्र बिओपी रामनगरको प्रमुख प्रहरी निरीक्षक लाल बहादुर खड्काको कमाण्डमा खटिएका गस्ती टोलीलाई देखेर सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ०२ स्थित दक्षिण बलान नदीबाट भारततर्फ गइरहेको र सशस्त्र प्रहरीको गस्ती टोलिलाई देखेपछि गाजाको पोका फाली सिरहा तर्फ भागेका थिए।
मेशिनले प्याक गरिएको तिनवटै पोकाबाट गाँजा बरामद गरिएको छ। बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कडरबोनामा बुझाइएको , सशस्त्र बिओपी रामनगरको प्रमुख प्रहरी निरीक्षक लाल बहादुर खड्काले बताएका छन।














Discussion about this post