सिरहा, चैत १२ गते ।सिरहामा गाडीको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गतकर्जन्हा नगरपालिका-११ बगहामा आज बिहान गाडीको ठक्करबाट अन्दाजी २६ वर्षीय युवकको मृत्यु भएको हो ।
ठक्कर दिएलगत्तै गाडी फरार भएको छ । मृतकको पहिचान पनि हुन बाँकी रहेको मिर्चैया प्रहरीले जनाएको छ ।टिपरले ठक्कर दिएको अनुमान गरिए पनि यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।





















Discussion about this post