सप्तरी,चैत १२ गते। सप्तरीमा बालिका बलात्कार मुद्दामा दाेषी ठहर भएका व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन् ।तिलाठी कोइलाडी गाउँपालिकाकी १० वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका स्थानीय ३५ वर्षीय सेभु भनिने श्याम मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
मुखियालाई उनको गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । मुखियाले २०६४ साल असोज ९ गते बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै मुद्दा परेको थियो ।
उक्त मुद्दाकाे सप्तरी जिल्ला अदालतले २०७५ साल असार ५ गते फैसला गर्दै श्यामलाई १३ वर्ष कैद सजाय तोकेको थियो ।पक्राउ परेका मुखियालाई जिल्ला अदालतमा उपस्थित गराइ कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post