nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पट मूर्खको खोजी तीव्र

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ११, २०७७, ४:०६ मध्यान्ह
मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पट मूर्खको खोजी तीव्र

–हिमांशु चौधरी/जनकपुरधाम ,चैत ११ गते। मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पट मूर्खको खोजी तीव्र रूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ । होरी उत्सवका सन्दर्भमा यो परम्पराले निरन्तरता पाएको देखिन्छ । मिथिला क्षेत्र प्राचीनकालदेखि नै ज्ञान, चिन्तन र दर्शनको भूमिका रूपमा प्रख्यात छ । प्राच्य सभ्यताको विकासका साथै सनातन वैदिक धर्मको प्रचलन एवम् उत्तरवैदिककालमा भएको धार्मिक सुधार इत्यादिका साक्षीका रूपमा मिथिलाञ्चल क्षेत्र रहिआएको छ ।

जनकपुरधाम पौराणिक कालमा मिथिला प्रदेशको राजधानी थियो । निमि , मिथि , शिरध्वज, बहुलाश्व जस्ता दार्शनिक, प्रतापी एवं जनप्रिय राजाहरूद्वारा सुशासित तथा याज्ञवल्क्य, गौतम, कणाद, गार्गी, मैत्रेयी जस्ता विद्वानहरूको योग, तप, ज्ञान र दर्शनले यो क्षेत्र सुसंस्कारित रहेको छ । सो समयमा विचार विमर्श, बैठक र सम्मेलनका माध्यमले चिन्तन, हास–परिहास हुने गरेको थियो ।

मिथिलाको संस्कृतिमा धर्मका साथै दर्शनको पनि महत्वपूर्ण स्थान रहिआएको मानिन्छ । दर्शनलाई धर्मसित सम्पृक्त मानिएको छ एवम् यसलाई धर्मको स्वभाविक परिणतिका रूपमा ठानिएको छ । राजा जनकको दरबारमा माया, कर्म, मुक्तिजस्ता विषयको विश्लेषण गरिएको पाइन्छ ।

विदुषी विद्युतमा र महामूर्ख कालिदासको वैवाहिक सम्बन्धका दृष्टान्त पनि मिथिलाञ्चलमै रहेको छ । विद्वानहरूबीच शास्त्रका बारेमा चिन्तन, विवाद र समाधानको केन्द्रका रूपमा पनि यो ख्यात पाएको देखिन्छ । सोही भावमूमिमा विद्वानहरूले आफुमा महा मूर्खको भाव राख्ने, सभ्यता, संस्कृतिको रक्षा गर्ने, भाषा र कलालाई  अभियानका रूपमा लिने, धरातलीय अवस्थाको बोध गराउने प्रतीकका रूपमा महा मूर्खको उपाधिले निरन्तरता पाएको बताइन्छ । महामूर्ख उपाधिमा सम्मान, अभियान र व्यङ्ग्य समाहित देखिएको छ, मिथिलावासी विद्यापे्रमी रहेका तथा यहाँ विद्वानहरूको कदर गरिने परम्परा रहेको तथ्य राजा जनकका राजसभाबाट ज्ञात हुन्छ ।
महामूर्खको उपाधि पाउनेमा साहित्यकार, अभियानी, संस्कृतिकर्मी, समाजसेवी, कलाकर्मी, लेखक र राजनीतिकर्मी रहेका छन् । हुन त समान्यतया महामूर्खको उपाधिले ग्लानी र हीनताबोध हुनुपर्ने हो तर मिथिलाञ्चल क्षेत्रमा यो उपाधिका लागि निकै प्रतिस्पर्धा हुने गरेको पाइन्छ ।

राजनीतिकर्मी बजरङ्गप्रसाद साहका अनुसार जनकपुरधाममा होरी मनाउने सन्दर्भमा यो उपाधि महत्वपूर्ण स्थान रहेको बताउँछन् । महामूर्खको उपाधि र होरी उत्सवलाई बूढापाकाले दिएका निरन्तरताका शृङ्खलाका रूपमा आपूmले २०३६ सालमा कानूनविद् गिरिशचन्द्र लाललाई महामूर्खको उपाधि जानकी मन्दिर परिसरमा आयोजित होरी उत्सवमा प्रदान गरेको पनि उनी बताउँछन् ।

सोही उत्सवमा विमलेन्द्र निधि, वृषेशचन्द्र लाल, समीर घिमिरे, प्रेम किशोर साहलगायत अभियानीहरूले तत्कालीन राजालाई व्यङ्ग्य गरी मञ्चबाट महामूर्खको सङ्ज्ञा दिएका कारण सो अभियानपछि गएर शासक वर्गको वक्रदृष्टिको शिकार हुन पुगेको बताइन्छ ।

शासक वर्गको बक्रदृष्टि भएपछि विभिन्न युवा क्लबहरूले होरी उत्सवलाई  रङ उत्सवका रूपमा मनाउन थालेको देखिन्छ । राजनीतिकर्मी  साह आफ्नो पहलमा शुरुमा महावीर चोकमा होरी मनाउने सन्दर्भमा जोगिरा गायन र मटका फोर अभियान पनि सञ्चालन गरेको भन्छन् ।

केही वर्षसम्म महा मूर्खको उपाधि प्रदानमा इतिहास मौन देखिए पनि मिथिला नाट्य कला परिषद्ले यसलाई जीवन्तता दिएको पाइन्छ । परिषद्ले २४ वर्षदेखि महामूर्खको उपाधि प्रदान गरिँदै आएको छ । सो परिषद् महामूर्खको उपाधि पाउनेमा ओमकुमार झा, नरेश ठाकुर, हरिबहादुर बिसी, डा.राजेन्द्र विमल, रामचन्द्र झा, रामसरोज यादव, सिके लाल, शीतल झा, लालकशिोर साह र लालबाबु राउतलगायत व्यक्ति रहेका छन् ।

सामाजिक संस्कृतिको अङ्गका रूपमा विद्वत वर्गदेखि अभियानी, राजनीतिकर्मीलाई निराकार भाव, व्यङ्ग्य र सम्मानमूलक रूपमा सो उपाधि प्रदान गरिँदै आएको हो । यही चैत १५ गते जानकी मन्दिर परिसरमा हुने होरी उत्सवमा सो उपाधि प्रदान गर्ने जनाइएको छ ।

भनिन्छ कि मिथिलाका विद्वान ज्ञानका क्षेत्रमा स्वयम्मा एउटा संस्था हुने गरेका कारण यस पटक महामूर्खको चयन निकै चासोको विषय बनेको छ । चयन समितिका संयोजक श्यामसुन्दर शशि युद्धस्तरमा महामूर्ख र पटमूर्खको खोजी जारी रहेको बताउँछन् । यसपटक २५ औँ महामूर्ख उपाधिका लागि कुन क्षेत्रका व्यक्ति हकदार हुनुहुन्छ भन्ने प्रश्नमा संयोजक शशिले नाम आउने क्रम जारी रहेको बताए ।

परिषद्ले यही चैत १४ गते होरी गायन प्रतियोगिता र १५ गते महामूर्ख सम्मेलनको कार्यक्रम राखेको छ । सम्मेलनमा एक जनालाई महामूर्ख र सात जनालाई पटमूर्खको उपाधि प्रदान गरिनेछ ।

Tags: मिथिलाञ्चल

Discussion about this post

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि