महोत्तरी,फागुन २७ गते।महाशिवरात्रिको अवसरमा महोत्तरीको जलेश्वरमा स्थित जलेश्वरनाथ मन्दिरमा पूजापाठ गर्नेहरुको घुँइचो लागेको छ ।

पूजापाठ गर्न बुधबार मध्य राती देखि नै भक्तजनहरु लाइन लागेका छन् । पूजा आराधना गर्नेहरुको भीडका कारण सडक नै जाम भएको छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।भगवान शिवलाई खुशी पार्न भक्तजनहरुले दुध, धतुरो, फूलमाला र बेलपत्र चढाउने गर्छन् ।

आजको दिन निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा तथा शिवलिंगमा दुग्धाभिषेक र किर्तन गर्दा भगवान शिवले मनोकामना पूरा गर्ने जनविश्वास छ ।

























Discussion about this post