मंसिर २ गते। आज कार्तिक शुक्ल नवमी अर्थात् कुष्माण्ड नवमी विभिन्न धार्मिक विधिअनुसार मनाइँदैछ। यस दिनलाई अक्षय नवमी, अमला नवमी र धातृ नवमीका नामले समेत चिनिन्छ।
धार्मिक मान्यताअनुसार आजदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको वृक्षमा निवास गर्ने विश्वास छ। त्यसैले आज अमलाको बोट र भगवान् विष्णुको विशेष पूजा गरी अन्न तथा अन्य सामग्री दान गर्ने परम्परा रहेको छ।
पद्मपुराणका अनुसार यही दिन भगवान् विष्णुले कुष्माण्ड नामक दैत्यको वध गरेको मान्यता छ। दानपुण्य गर्दा अक्षय फल प्राप्त हुने विश्वासका साथ आज कुभिन्डो, सुन, चाँदी, पहेँलो वस्त्र, तामा र तिललगायत सामग्री दान गर्ने चलन छ।

















Discussion about this post