जनकपुरधाम,फागुन २६ गते।जनकपुरधाम स्थिति आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत र एक दलाललाई घुस लिएको भन्दै अख्तियारको टोलीले आज पक्राउ गरेकाे छ ।
दुबैजनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले बुधबार साँझ जनकपुरको जिरोमाइल स्थित अन्नपूर्ण होटेलबाट पक्राउ गरेको हो ।
काम गरिदिने प्रयोजनका लागि एक सेवाग्राहीसंग लिँदै गरेको १ लाख ५० हजार रुपैयाँ घुसहित अधिकृत ढकाल र दलाल कर्णलाई नियन्त्रणमा लिउको अख्तियारले जनाएको छ ।
घुस रकमसहित नियन्त्रणमा लिएका दुबैजनाको घटनास्थलमा मुचुल्का तयार गरिरहेको र केहि समयपश्चात औपचारिक जानकारी दिने टोलिमा सहभागि एक अधिकारीले जानकारी दिए ।





















Discussion about this post