nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

देशभर छठ पर्वको रौनक, आजदेखि ‘नहाय–खाय’ विधिबाट सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २७, २०८३, ८:११ मध्यान्ह
दीपावली सकिएसँगै जनकपुरधाममा छठ पर्वको तयारी शुरु, श्रृङ्गार्न थालियो छठ घाट

जनकपुरधाम/कार्तिक २७ गते। चार दिनसम्म विधिपूर्वक मनाइने सूर्य उपासनाको महापर्व छठ आजदेखि सुरु भएको छ। पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गरेर छठ पर्वको सुरुवात गर्दैछन्।

छठ पर्वका लागि देशभरका विभिन्न नदी, पोखरी तथा जलाशयका घाटहरूमा सरसफाइ, सजावट र पूजाका आवश्यक सामग्रीको व्यवस्थापन पूरा गरिएको छ। विशेषगरी मिथिला तथा तराई क्षेत्रमा उल्लासका साथ मनाइने छठ पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली जिल्लाहरूमा समेत विस्तार हुँदै गएको छ।

पर्वको पहिलो दिन व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा स्नान गरी व्रतको सङ्कल्प गर्ने र चोखोनीतो भोजन ग्रहण गर्ने परम्परा छ। यस विधिलाई ‘नहाय–खाय’ भनिन्छ। छठ पर्वमा शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले पहिलो दिनदेखि नै व्रतालुहरूले खानपान र सरसफाइमा विशेष ध्यान दिने गर्छन्।

छठको दोस्रो दिन ‘खरना’ विधि गरिन्छ। यस दिन व्रतालुहरू दिनभरि निराहार व्रत बसेर साँझ सख्खरमा पकाइएको अरवा चामलको खिर कुलदेवता तथा छठी मातालाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्छन्। खरना सम्पन्न भएपछि व्रतालुहरूले अन्न र पानीसमेत त्यागेर निर्जला व्रत सुरु गर्छन्।

पर्वको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा व्रतालुहरू बाँसका डाला तथा सुपमा पूजा सामग्री लिएर नदी, पोखरी र जलाशयका घाटमा पुग्छन्। परिवारका सदस्य तथा आफन्तजनको उपस्थितिमा कम्मरसम्म पानीमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ। यस विधिलाई ‘सन्ध्या अर्घ’ वा ‘सझुका अरख’ भनिन्छ।

छठको चौथो तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ। यस विधिलाई ‘पारन’ भनिन्छ। बिहानको अर्घ सम्पन्न गरेपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी चार दिनसम्मको कठोर व्रत समापन गर्छन्।

छठ पर्वमा सूर्यलाई ऊर्जा, जीवन र समृद्धिको स्रोतका रूपमा पूजा गरिन्छ। यस अवसरमा बाँसका डाला, सुप, नरिवल, केरा, उखु, अदुवा, विभिन्न फलफूल तथा ठकुवा र भुसुवालगायतका परिकार चढाउने परम्परा छ।

धार्मिक मान्यताअनुसार छठ पर्वमा श्रद्धापूर्वक व्रत बसेर सूर्यदेव र छठी माताको पूजा गर्दा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुनुका साथै सन्तानको दीर्घायु तथा निरोगिताको कामना पूरा हुने विश्वास गरिन्छ।

छठ पर्वको विशेष पक्ष अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ अर्पण गर्नु हो। यसले जीवनका सुख–दुःख र सफलता–चुनौतीलाई समान रूपमा स्वीकार गर्नुपर्ने सन्देश दिने विश्वास गरिन्छ। सूर्य र जललाई जीवनको आधार मानेर प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा पनि छठको महत्त्व रहेको छ।

मिथिला र तराई क्षेत्रमा पुस्तौँदेखि मनाइँदै आएको छठ पछिल्लो समय भौगोलिक तथा सामुदायिक सीमाभन्दा बाहिर फैलिँदै गएको छ। रोजगारी, अध्ययन तथा अन्य प्रयोजनले आफ्नो जन्मथलोबाट टाढा विभिन्न सहरमा बसोबास गर्दै आएका समुदायले पनि स्थानीय नदी, पोखरी तथा जलाशयका किनारमा छठ मनाउँदै आएका छन्।

काठमाडौं, पोखरा, चितवन, बुटवललगायतका सहरमा समेत छठको रौनक बढेको छ। घाट निर्माण, सरसफाइ, सजावट तथा पूजाको व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता रहने भएकाले छठ पर्वले सामाजिक सद्भाव, आपसी सहकार्य र सांस्कृतिक एकतालाई समेत बलियो बनाउँदै आएको छ।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comजनकपुरधामसमाचार

Discussion about this post

Related Posts

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशसभाको अधिवेशन शनिबारदेखि, दिउँसो १ बजे बैठक बस्ने

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि