जनकपुरधाम/असोज २३ गते । दसैँको रौनकसँगै हिरो मोटरसाइकलको ‘कोर्यो कि पर्यो’ अफरले ग्राहकमा उत्साह थपेको छ। जनकपुरधामको १२ बिघा मैदानमा स्वस्तिक अटो एण्ड ट्रेडिङ द्वारा आयोजित आउटडोर मेलामा हिरो कम्पनीको मोटरसाइकल खरिद गरेका महोत्तरीको सनोखराका रामपृत यादवले एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्।
हिरो मोटोकर्प नेपालको दसैँ विशेष अभियानअन्तर्गत सञ्चालन भइरहेको ‘कोर्यो कि पर्यो’ अफरमा यादवले एक लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएका हुन्। हिरो मोटरसाइकल खरिद गर्ने ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनाले चाडपर्वको समयमा नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई थप आकर्षित गरेको छ।
स्वस्तिक अटो एण्ड ट्रेडिङले जनकपुरधामको १२ बिघा मैदानमा आयोजना गरेको आउटडोर मेलामा ग्राहकले हिरोका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरबारे जानकारी लिनुका साथै एक्सचेन्ज र अन्य विशेष अफरको लाभ लिन सक्ने व्यवस्था गरिएको छ।
‘कोर्यो कि पर्यो’ अभियानअन्तर्गत डिजिटल स्क्र्याचमार्फत ग्राहकले १० लाख रुपैयाँसम्मको तत्काल नगद पुरस्कार जित्न सक्नेछन्। त्यस्तै, हरेक साता एक जना भाग्यशाली ग्राहकले शतप्रतिशत नगद फिर्ता (१०० प्रतिशत क्यासब्याक) पाउने अवसर रहेको छ।
अभियानमा सोधपुछका लागि नाम दर्ता गराउनेमध्ये हरेक दिन एक जना भाग्यशाली ग्राहकले निःशुल्क इयरबड जित्न सक्ने व्यवस्था पनि गरिएको छ। यसका अतिरिक्त पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा १० लाख रुपैयाँसम्मको भ्यालु एडिसन, सहज फाइनान्स सुविधा तथा निःशुल्क हेल्मेट उपलब्ध गराउने अफरसमेत रहेको छ।
कम्पनीका अनुसार सहज फाइनान्स सुविधामार्फत नयाँ मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई खरिद प्रक्रिया सहज बनाउने लक्ष्य राखिएको छ। फाइनान्स सुविधा भने सम्बन्धित सर्त तथा स्वीकृति प्रक्रियाअनुसार लागू हुनेछ।
दसैँलाई लक्षित गरी सञ्चालन गरिएको हिरो मेगा एक्सचेन्जले पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ हिरो चढ्न चाहने ग्राहकलाई आकर्षक अवसर प्रदान गरेको छ। नगद पुरस्कार, क्यासब्याक, एक्सचेन्ज सुविधा र विभिन्न उपहारका कारण मेलाप्रति ग्राहकको चासो बढ्ने अपेक्षा गरिएको छ।
रामपृत यादवले एक लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएपछि ‘कोर्यो कि पर्यो’ अभियानले थप चर्चा पाएको छ। जनकपुरधामको बाह्र बिघा मैदानमा स्वस्तिक अटो ट्रेडिङद्वारा आयोजित यस मेलाले दसैँको बजारमा उत्साह थप्नुका साथै ग्राहकलाई हिरोका दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्ने अवसर प्रदान गरेको छ।















Discussion about this post