nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बरहथवा अस्पतालमा आगजनी र तोडफोड गर्ने चारजना पक्राउ, ३० लाखको क्षति

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ७, २०८३, ५:२७ मध्यान्ह
बरहथवा अस्पतालमा आगजनी र तोडफोड गर्ने चारजना पक्राउ, ३० लाखको क्षति

सञ्जय मिश्रा/रौतहट, ७ मंसिर। सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य दुई जना फरार रहेका छन्।

अस्पतालमा उपचारका क्रममा ९ महिनाकी गर्भवती महिलाको मृत्यु भएपछि चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै आफन्तले अस्पतालको इमरजेन्सी कक्षमा आगजनी तथा तोडफोड गरेका हुन्।

प्रहरीका अनुसार हिजो आईतवार राति करिब ८:३० बजे बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोलकी २१ वर्षीया सिमा राम देवी उपचारका क्रममा अस्पतालमा बेहोस भएकी थिइन्। उनको अवस्था बिग्रिएपछि चिकित्सकको लापरबाहीका कारण यस्तो भएको भन्दै आफन्त आक्रोशित भएका थिए।

आक्रोशित आफन्तले अस्पतालको इमरजेन्सी कक्षमा आगजनी तथा तोडफोड गरेपछि अस्पताल परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले तत्कालै आगो नियन्त्रणमा लिएको जनाएको छ।

गर्भवती सिमा राम देवीलाई थप उपचारका लागि चन्द्रनिगाहपुरस्थित प्रा.ली. अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा राति १०:५३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–५ निवासी ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा रहेका छन्।

त्यस्तै, रौतहटको गजुरा नगरपालिका–९ सिमरा निवासी ४२ वर्षीय भुसेनि महरा र २० वर्षीय राजन राम पनि पक्राउ परेका छन्।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोप लागेका अस्पतालमा करारमा कार्यरत धिरज महरा र सुरेश महरा भने फरार छन्। उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

अस्पतालको इमरजेन्सी कक्षमा आगजनी तथा तोडफोड हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

घटनापछि अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रहरीका अनुसार आज बिहान ६:१५ बजेसम्म अस्पताल क्षेत्रको अवस्था सामान्य रहेको थियो।

गर्भवती महिलाको मृत्यु र त्यसपछि अस्पतालमा भएको आगजनी तथा तोडफोडको घटनाले बरहथवामा स्वास्थ्य सेवा, अस्पतालको सुरक्षा र उपचारका क्रममा हुने सम्भावित लापरबाहीको छानबिनबारे गम्भीर प्रश्न उठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comमधेस प्रदेश खबररौतहट खबरसमाचार

Discussion about this post

Related Posts

‘कबड्डी ५’ को कमाइ १३ करोड, ‘बाटुलो जून’ को आठ करोड

‘कबड्डी ५’ को कमाइ १३ करोड, ‘बाटुलो जून’ को आठ करोड

राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?

राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?

प्रधानमन्त्री बालेनलाई मोदीले गरे स्वागत, राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान

प्रधानमन्त्री बालेनलाई मोदीले गरे स्वागत, राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान

मोटरसाइकलको ठक्करपछि विवाद, युवकलाई चक्कु प्रहार गरेर चालक फरार

मोटरसाइकलको ठक्करपछि विवाद, युवकलाई चक्कु प्रहार गरेर चालक फरार

‘रामायण’की हिरोइनको तमिल फिल्मले पनि मच्चायो अमेरिकामा तहल्का

‘रामायण’की हिरोइनको तमिल फिल्मले पनि मच्चायो अमेरिकामा तहल्का

‘रामायण’ बन्यो विश्वभर १,६०० करोड रुपैयाँ कमाउने पाँचौँ भारतीय चलचित्र

‘रामायण’ बन्यो विश्वभर १,६०० करोड रुपैयाँ कमाउने पाँचौँ भारतीय चलचित्र

ज्यान जोखिममा राखेर होर्मुज जलडमरु पार गरे बेलायती पौडीबाजले

ज्यान जोखिममा राखेर होर्मुज जलडमरु पार गरे बेलायती पौडीबाजले

हुवाङकी चिनियाँ प्रेमिकाका साथीले चिप्सको तस्करी गर्ने गरेकाे खुलासा

हुवाङकी चिनियाँ प्रेमिकाका साथीले चिप्सको तस्करी गर्ने गरेकाे खुलासा

चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू

चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू

जनकपुरधाम–अयोध्याबीच सिधा रेल सेवा सञ्चालन हुँदै, उद्घाटन विशेष रेल सोमबार चल्ने

जनकपुरधाम–अयोध्याबीच सिधा रेल सेवा सञ्चालन हुँदै, उद्घाटन विशेष रेल सोमबार चल्ने

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि