nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चेक बाउन्समा राजपाललाई सर्वोच्चको कडा टिप्पणी: ‘अहंकार त्याग्न आवश्यक छ’

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज २०, २०८३, २:२३ मध्यान्ह
चेक बाउन्समा राजपाललाई सर्वोच्चको कडा टिप्पणी: ‘अहंकार त्याग्न आवश्यक छ’

मुम्बइ, २० असोज। राजपाल यादवको ‘चेक बाउन्स’ (चेक अनादर) मुद्दामा सोमबार नयाँ मोड आएको छ।

सर्वोच्च अदालतले भुक्तानीसम्बन्धी आफ्नो प्रतिबद्धता पूरा नगरेको भन्दै ती अभिनेताको कडा आलोचना गरेको छ। अन्तिम मौका दिँदारसमेत अभिनेताले वाचा बमोजिमको भुक्तानी नगरेको भन्दै इजलासले यस ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।

गत १५ सेप्टेम्बरमा प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशहरू जोयमाल्य बागची र भी. मोहना सम्मिलित इजलासले ती अभिनेतालाई एउटा निजी कम्पनीलाई तिर्न बाँकी रकम भुक्तानी गर्ने ठोस प्रस्ताव पेस गर्न दुई साताको अन्तिम मौका दिएको थियो। साथै, अदालतले उनलाई सर्वोच्च अदालतको रजिस्ट्रार कार्यालयमा २ करोड रुपैयाँ जम्मा गर्न पनि निर्देशन दिएको थियो।

न्यायाधीश बागचीले आक्रोशित हुँदै भने, “उनीहरू तिमीभन्दा धनी होलान् तर तिमीले ठगी गरेका कारण उनीहरू गरिब भएका छन्। यो अहङ्कारलाई उचित ठाउँमा ल्याउनु आवश्यक छ। कहिले के बोल्ने भन्ने कुरा तिमीलाई थाहा हुनुपर्छ। तिम्रो ठाउँ जेल हो।”

इजलासले यादवलाई सोमबारसम्म भुक्तानी गर्न निर्देशन दिइएको भए पनि उनले त्यसको पालना नगरेको औंल्याएकाे छ । यादवका वकिलले ५० लाख रुपैयाँको ‘डिमान्ड ड्राफ्ट’ को प्रतिलिपि प्रस्तुत गर्दै उक्त ड्राफ्टको बैंक प्रक्रिया अघि बढिरहेको जानकारी भने गराएका छन । यसअघि, ८ सेप्टेम्बरमा अदालतले उनलाई ९ सेप्टेम्बरसम्म रकम जम्मा गर्ने सर्तमा आत्मसमर्पण गर्नबाट छुट दिएको थियो।

राजपाल यादवले सन् २०१० मा निर्देशकका रूपमा आफ्नो पहिलो चलचित्र ‘अता पता लापता’ बनाउन दिल्लीस्थित एक कम्पनीबाट करिब ५ करोड रुपैयाँ ऋण लिएका थिए। उक्त चलचित्रले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन र लागत उठाउन असफल भयो। फलस्वरूप, यादवलाई ऋण चुक्ता गर्न कठिनाइ भएको थियो।

समय बित्दै जाँदा ब्याज र अन्य शुल्कका कारण तिर्न बाँकी रकम बढ्दै गयो। सन् २०१३ मा भएको सम्झौताअनुसार राजपालले १ करोड ५ लाख रुपैयाँका दरले सातवटा चेक दिएका थिए। तर, पछि ती चेकहरू ‘डिसअनर्ड’ (भुक्तानी नभई फिर्ता) भए।

उजुरीकर्ताको दाबीअनुसार सन् २०१२ को सम्झौता बमोजिम राजपाल यादव, उनकी श्रीमती राधा राजपाल यादव र उनीहरूको कम्पनीले ब्याजसहित करिब ११ करोड रुपैयाँ चुक्ता गर्ने सहमति गरेका थिए। यसै विषयलाई लिएर अभिनेता र उनकी श्रीमतीविरुद्ध धेरै ‘चेक बाउन्स’ का उजुरीहरू परेका थिए। यसै मामिलामा उनी जेलसमेत परिसकेका छन्।

Tags: Sajilo PostSajilo Post MediaSajilo Post NewsSajiloPost.comअन्तराष्ट्रियसमाचार

Discussion about this post

Related Posts

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी दर्ता

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी दर्ता

‘अवतार’ लाई पछि पार्दै ‘एभेन्जर्स: एन्डगेम’ पुनः बक्स अफिसको शीर्ष स्थानमा

‘अवतार’ लाई पछि पार्दै ‘एभेन्जर्स: एन्डगेम’ पुनः बक्स अफिसको शीर्ष स्थानमा

‘केसरी’ पछि पुनः पर्दामा भिड्दै अक्षय र माधवन, साजिद खानको कमेडीमा सहकार्य

‘केसरी’ पछि पुनः पर्दामा भिड्दै अक्षय र माधवन, साजिद खानको कमेडीमा सहकार्य

फ्लाई दुबईका सह-पाइलटले तेल अभिभमा विमान ठोक्काउन खोजेको खुलासा

फ्लाई दुबईका सह-पाइलटले तेल अभिभमा विमान ठोक्काउन खोजेको खुलासा

‘रामायण’ को सुटिङ सेटमा आगलागी: रणवीर र साई पल्लवीको चलचित्रको सेटमा क्षति

‘रामायण’ को सुटिङ सेटमा आगलागी: रणवीर र साई पल्लवीको चलचित्रको सेटमा क्षति

मस्तिष्क अनुसन्धानका लागि तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार

मस्तिष्क अनुसन्धानका लागि तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार

गर्मीबाट जाडो सुरु हुँदै गर्दा भाइरल फ्लुको खतरा, अपनाउनुहोस् यी सावधानी

गर्मीबाट जाडो सुरु हुँदै गर्दा भाइरल फ्लुको खतरा, अपनाउनुहोस् यी सावधानी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि