गिरिजानन्द साह/जनकपुरधाम/असोज २० गते। जनकपुरधाम जेसिजको जेसीज सप्ताह–२०२६ अन्तर्गत दोस्रो दिन मंगलबार स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ।
युवाको नेतृत्व तथा क्षमता विकाससँगै सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम जेसिजले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेको छ। सोही क्रममा दोस्रो दिन स्लो बाइक रेस आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख खगेन्द्रकुमार दाहालले गरेका थिए। उद्घाटनपछि बोल्दै दाहालले जेसिजले आयोजना गरेको स्लो बाइक रेसजस्ता कार्यक्रमले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना र सुरक्षित रूपमा सवारी सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले दुर्घटना न्यूनीकरण सबैको साझा जिम्मेवारी भएको बताए। यस्ता सचेतनामूलक कार्यक्रमले युवादेखि समुदायसम्म सुरक्षित सवारीसम्बन्धी चेतना विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
स्लो बाइक रेसमा सहभागीमध्ये प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई जेसीज सप्ताह–२०२६ को समापन समारोहका दिन पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक जेसी मनोहर साहले जानकारी दिए।

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको स्लो बाइक रेसले समुदायमा राम्रो सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
जेसीज सप्ताह–२०२६ का मूल संयोजक राम सोगरथ साहका अनुसार सप्ताहअन्तर्गत आगामी दिनमा स्टेसनरी डिस्ट्रिब्युसन, जेसिज क्रिकेट कप, स्कुल लेभल ओरेट्री कन्टेस्ट, ड्रग एब्युज अवेयरनेस लगायतका कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख खगेन्द्रकुमार दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने जनकपुरधाम जेसिजका पूर्वअध्यक्ष राजु साह अतिथिका रूपमा सहभागी थिए।
त्यस्तै जनकपुरधाम जेसिज वर्ष २०२६ का अध्यक्ष जेसी भवेश झा, जेसी दीपक यादव, जेसी मनोहर ठाकुर, जेसी ओमप्रकाश साह, जेसी अमरेन्द्र, जेसी सुबोध ठाकुर साह, जेसी राजेश ठाकुरलगायत जेसिजका पदाधिकारी तथा सदस्य, ट्राफिक प्रहरी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।















Discussion about this post