जनकपुरधाम फागुन २३ गते । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता मुस्कान खातुनलाई बधाई ज्ञापन गरेका छन् । आइतबार मुख्यमन्त्री राउतले विज्ञप्ति जारी गर्दै अमेरिकी मिसनले अन्तर्राष्ट्रिय सहासी महिला पुरस्कार दिने घोषणा गरेकोमा पुस्कृत मुस्कान खातुनलाई हार्दिक बधाई तथा उत्तरोत्तर कामना व्यक्त गरेका हुन् ।
एसिड आक्रमणमा सक्त घाइते भई एसिड आक्रमण विरूद्धको अभियानमा सक्रिय प्रदेश २ का छोरी खातुनले तेजाब आक्रमणविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकामा मुख्यमन्त्री राउतले बधाई दिएका हुन् ।
आईवार एक विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री राउतले भनेका छन्, ‘उक्त पुरस्कारका लागि प्रदेश २ को छोरीलाई चयन गरेकोमा नेपालस्थित अमेरिकी मिसन र अमेरिका सरकारमा प्रदेश सरकारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु ।’






















Discussion about this post