nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज ८, २०८३, ६:११ मध्यान्ह
मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

जनकपुरधाम/असोज ८ । मधेश प्रदेशभित्र सञ्चालनमा रहेका एफएम रेडियो तथा टेलिभिजनसम्बन्धी फाइलहरू सूचना तथा प्रसारण विभागले आमसञ्चार प्राधिकरण, मधेश प्रदेशलाई हस्तान्तरण गरेको छ।

काठमाडौंस्थित सूचना तथा प्रसारण विभागको कार्यालयमा विभागका महानिर्देशक अनुप दाहालले आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गालाई सम्बन्धित फाइलहरू हस्तान्तरण गरेका हुन्।

फाइल हस्तान्तरण भएसँगै मधेश प्रदेशमा सञ्चालित एफएम रेडियो तथा टेलिभिजनका सञ्चालकले दर्ता, नवीकरणलगायतका सामान्य प्रशासनिक कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।

अब मधेश प्रदेशभित्र सञ्चालनमा रहेका एफएम रेडियोसम्बन्धी दर्ता तथा नवीकरणको प्रक्रिया जनकपुरधामस्थित आमसञ्चार प्राधिकरणको कार्यालयबाटै हुने अध्यक्ष खड्गाले बताए।

उनका अनुसार सम्बन्धित फाइलहरू केन्द्रबाट प्रदेशमा ल्याउन आफूले जिम्मेवारी सम्हालेदेखि नै निरन्तर पहल गर्दै आएका थिए। फाइल हस्तान्तरणको प्रक्रियामा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र तत्कालीन गृहसचिव गणेश नायकको समेत सहयोग रहेको उनले बताए।

मधेश प्रदेशको सञ्चारसम्बन्धी कानुनले प्रदेशभित्रका रेडियो, एफएम रेडियो तथा टेलिभिजनको अभिलेख, नियमनलगायतका काममा आमसञ्चार प्राधिकरणलाई भूमिका दिएको छ। प्राधिकरणले प्रदेशस्तरमा सञ्चालित सञ्चारमाध्यमको अभिलेख व्यवस्थापन तथा नियमनसम्बन्धी काम गर्दै आएको छ।

अध्यक्ष खड्गाले फाइल हस्तान्तरणलाई मधेश प्रदेशका सञ्चारमाध्यमका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। उनका अनुसार यसबाट सञ्चार संस्था सञ्चालकले प्रदेशमै सेवा प्राप्त गर्ने सुविधा पाउनुका साथै संविधान र प्रदेश कानुनले प्रदान गरेको अधिकार कार्यान्वयनमा समेत सहयोग पुग्नेछ।

यसअघि सम्बन्धित फाइलहरू केन्द्रमै रहने भएकाले सञ्चारमाध्यमका सञ्चालकले दर्ता तथा नवीकरणका लागि काठमाडौं पुग्नुपर्ने अवस्था थियो। अब सेवा प्रदेशमै उपलब्ध हुने भएपछि सञ्चारमाध्यमका सञ्चालकको समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ।

फाइल प्रदेशमा आएसँगै मधेश प्रदेशमा सञ्चारमाध्यमको अभिलेख व्यवस्थापन, नियमन तथा राजस्व संकलनसम्बन्धी काम थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। साथै संघीय तहबाट प्रदान हुँदै आएको सेवा र प्रदेशको अधिकारक्षेत्रबीच समन्वय कायम गर्न पनि फाइल हस्तान्तरणले सहयोग पुग्ने जनाइएको छ।

आमसञ्चार प्राधिकरणका अनुसार अब प्रदेशभित्रका सम्बन्धित सञ्चारमाध्यमले आवश्यक प्रक्रिया तथा सेवाका लागि काठमाडौं केन्द्रित हुनुपर्ने अवस्थाबाट क्रमशः मुक्त हुनेछन्।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

जेनजी ‘घटना’काे निष्पक्ष न्यायिक आयोग गठन गर्न एमालेको माग

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

आज प्रदेश २ सहित यी ठाउँमा ठूलो पानी पर्ने सम्भावना

झरीले देशभरको जनजीवन प्रभावित, भारी वर्षा र हावाहुरीको सम्भावना

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

राष्ट्रपतिलाई पहलकदमी लिन पूर्व राष्ट्रपति भण्डारीको सुझाव

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

सान्वी भगत फिचरिङ नयाँ भोजपुरी गीत ‘घर बनईती चाँद पS’ सार्वजनिक

सान्वी भगत फिचरिङ नयाँ भोजपुरी गीत ‘घर बनईती चाँद पS’ सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि