जनकपुरधाम/असोज ८ गते । भोजपुरी संगीत क्षेत्रमा नयाँ गीत ‘घर बनईती चाँद पऽ’ सार्वजनिक भएको छ। विशाल यादव अफिसियलको प्रस्तुति रहेको गीतमा लोकप्रिय गायक विशाल यादव र गायिका कल्पना पटवारीको स्वर रहेको छ।
भोजपुरी भाषा, कला, संस्कृति र मनोरञ्जनलाई केन्द्रमा राखेर तयार पारिएको गीतको भिडियोमा सान्वी भगतको अभिनय तथा प्रस्तुति रहेको छ। गीत सार्वजनिक भएसँगै निर्माण टिमले दर्शक तथा संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरेको जनाएको छ।
गीतमा विशाल यादवको शब्द तथा गौरव रोशनको संगीत रहेको छ। भिडियोको निर्देशन विवेक कुमार साजनले गरेका छन् भने बृजेश यादवले छायांकन गरेका छन्। ड्रोनबाट गरिएको छायांकन अतुल कुमार सिंहले सम्हालेका छन्।
भिडियो निर्माणमा सुरभि साहले शृङ्गारको जिम्मेवारी सम्हालेकी छन्। पप्पु वर्मा र रविले सम्पादन गरेका छन् भने रोहित सिंहले डीआईको काम गरेका छन्। सौन यादवले पर्दापछाडिको छायांकन, धीरज डीकेटीले पोस्टर डिजाइन तथा पृथ्वी जयसवालले व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन्।
गीतका निर्माता केशव प्रसाद यादव हुन्। विक्की यादवले डिजिटल व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् भने गीतको समग्र व्यवस्थापन मार्सअर्बिट इन्टरटेनमेन्ट प्रालिले गरेको छ।
निर्माण टिमका अनुसार गीत तयार पार्ने क्रममा राहुल यादव, बबिता यादव, रमेश यादव र उमेश यादवको विशेष सहयोग रहेको छ।
गीत सार्वजनिक गर्दै गायक विशाल यादवले आफ्ना दर्शक, श्रोता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले विगतमा प्राप्त माया, साथ र आशीर्वादका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि आफ्नो सांगीतिक यात्रामा निरन्तर साथ र समर्थन गरिदिन आग्रह गरेका छन्।
भोजपुरी संगीतको मौलिकता, भाषा, संस्कृति र मनोरञ्जनलाई समेटेर तयार पारिएको ‘घर बनईती चाँद पऽ’ गीत विशाल यादव अफिसियलको आधिकारिक डिजिटल माध्यमबाट सार्वजनिक गरिएको हो। गीतमा गायक तथा गायिकाको स्वर, कलाकारको प्रस्तुति र प्राविधिक टोलीको सिर्जनात्मक सहकार्यलाई एकसाथ प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।















Discussion about this post